केही समय अघि भएको आक्रमणबाट कति क्षति भयो भन्ने बारेमा छानबिन भैरहेको बताइएको छ ।
इरानले आफ्ना दुई वटा स्टिल प्लान्टमा अमेरिका र इजरायलले गरेको आक्रमणको जवाफमा उक्त आक्रमण गरिएको स्पष्ट पारेको छ । इरानी रिभोलुसनरी गार्ड्स कर्पले शनिबार भनेको छ कि उनीहरूले युएईको एल्युमिनियम बहराइन र एमिरेट्स ग्लोबल एल्युमिनियमलाई लक्षित गरेका थिए। संयुक्त अरब इमिरेट्स (युएई)स्थित कम्पनीले शनिबार प्लान्टमा गम्भीर क्षति पुगेको पुष्टि गरेको छ ।
यो आक्रमणको असर विश्वभरका अल्मुनियम उद्योगहरुमा पर्ने भएको छ । किनकी विश्वका धेरै देशहरुले यही कारखानामा प्रशोधित आल्मुनियमसहितका धातुहरु उपयोग गर्दै आएका छन् ।
अमेरिका—इजरायल र इरान बीच युद्ध शुरु भएपछि कम्पनीले आफ्ना तीनवटा उत्पादन प्लाण्टहरु बन्द गरेको थियो ।
स्ट्रेट अफ होर्मुज बन्द हुँदा कच्चा पदार्थको सहज आपूर्तिको अभावमा ती प्लाण्टहरु बन्द गरिएको कम्पनीले जानकारी दिएको थियो ।
स्मरण रहोस् स्मेल्टर कारखाना त्यस्तो उद्योग हो खानीबाट निकालिएको कच्चा खनिजलाई पगालेर वा रसायनको प्रयोग गरेर हटाउँछ र उपयोगी तथा शुद्ध धातु (जस्तै फलाम, तामा, आल्मुनियम, सुन, जस्ता आदि) उत्पादन गर्छ ।
अहिले इरानले आक्रमण गरेको बहराइनको स्मेल्टर कारखाना विश्वकै ठूलो कारखाना हो भने त्यसपछि चीन, क्यानाडा र अष्ट्रेलियामा पनि विशाल आल्मुनियम स्मेल्टरहरू सञ्चालित छन् ।