बालेन क्याबिनेटको ‘अति सम्भावित’ सूची तयार

Mar 26, 2026 06:33 PM mero lagani



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता भएसँगै बालेन्द्र शाहले शुक्रबार दिउँसो प्रधानमन्त्रीको सपथ लिने टुंगो लागेको छ ।

साथै मन्त्रीमण्डलको खाका पनि लगभग तयार भएको छ । तर, नेताहरुबीच भागवण्डाको रस्साकस्सी अन्तिमसम्म चलिरहने देखिएकोले केही नामहरु भने सपथग्रहणको बेलामा मात्र ‘फाइनल’ हुने बताइएको छ ।


रास्वपा स्रोतकाअनुसार सरकार र पार्टी संचालनमा उत्तिकै महत्व दिने सोंच अनुसार पार्टीका दुई उपाध्यक्ष डोलप्रसाद (डिपी) अर्याल र डा. स्वर्णिम वाग्लेमध्ये एक जना मात्र मन्त्री बन्ने लगभग निश्चित छ । अर्याल सभापति लामिछानेका सबैभन्दा विश्वासपात्र भएकोले उनलाई मन्त्री बनाउने सोंच भए पनि स्वर्णिमलाई बनाउने बाध्यतामा लामिछाने रहेका छन् । ‘रास्वपाभित्र अहिले स्वर्णिम जत्ति अर्थतन्त्रमा जानकार अरु कोही छैन । अरुलाई दिँदा झन बिग्रने हो कि भन्ने भय एकातिर छ भने अर्काेतिर चुनावको बेला नै लामिछानेले भावी अर्थमन्त्रीकोरुपमा स्वर्णिमको नाम लिँदै आइरहेका थिए । त्यसकारण पनि लामिछाने स्वर्णिमलाई अगाडि सार्नुपर्ने वाध्यतामा छन्,’ रास्वपाका एक नेता भन्छन् ।

साथै संगठन परिचालनमा समेत स्वर्णिमको भन्दा डिपीको भूमिका प्रभावकारी रहेकोले दुई उपाध्यक्षमध्ये एक जना मन्त्री बनाउँदा स्वर्णिम नै बन्ने लगभग निश्चित छ ।

उता, प्रधानमन्त्री बन्न लागेका शाह भने स्वर्णिमले बजेट निर्माणलगायतका स्रोत परिचालनमा समेत आफूलाई नटर्ने हुन् कि भन्ने आशंकामा रोक्ने पक्षमा रहेको स्रोतको दावी छ । त्यसको लागि बालेनले आफू पक्षका नेताहरुलाई सभापति लामिछानेसहितका पदाधिकारीले अस्वीकार गर्ने देखिएपछि पार्टी कोषाध्यक्ष लिमा अधिकारीलाई अगाडि सारिरहेको स्रोतको दावी छ ।

एमालेका नेता तथा लोकप्रिय अर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा बैंकर पनि हुन् र उनको पारिवारिक विरासत नै उद्यम र राजनीति हो । लीमाको परिवार बैंकिङ, हाइड्रोपावर, सफ्टेवयर तथा इन्टरनेटसम्बन्धी व्यवसायमा संलग्न छ । उनका श्रीमान सुदीप आचार्य कामना सेवा विकास बैंकका अध्यक्ष तथा टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोम नेटवर्कका प्रबन्ध निर्देशक छन् ।

माओवादी नेता रहेका ससुरा कृष्ण आचार्य स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का पूर्व अध्यक्ष हुन् । 

अर्थमन्त्रीमा शाहको पहिलो रोजाईमा भने सुनिल केसी रहेको रास्वपाका नेताहरुको दावी छ । पूर्व उपसभामुख इन्दिरा राना मन्त्री बन्ने सूचीको सबैभन्दा प्राथमिकतामा रहेकी छन् । उनलाई मन्त्री बनाउन लामिछाने र शाह दुवै तयार भएका छन् । तर, उनलाई सभामुख बनाउने कि मन्त्री बनाउने भन्नेमा दुवै जना छलफलकै क्रममा रहेको बताइएको छ । सभामुख प्रतिभा रावललाई बनाएर राना मगरलाई मन्त्री बनाउने कि रावललाई मन्त्री बनाएर रानालाई सभामुख बनाउने भन्ने बारेमा यो समाचार लेख्दासम्म टुंगो लागेको छैन ।

यस्तै मनिष झा, सुनिल लम्साल, शिशिर खनाल, सोबिता गौतम, सस्मित पोखरेल, दीपक बोहरा, डा.तारा जोशीको नाम पनि लगभग टुंगो लागेको बताइएको छ ।

मधेशबाट तपेश्वर यादव, बब्लु गुप्ता, अमरेशकुमार सिंह, लुम्बिनीबाट सागर ढकाल, दलितबाट खगेन्द्र सुनार र उद्यमीबाट विदूषी राणा पनि मन्त्री हुने सूचीमा रहेका छन् । ‘रातभरिमा कुनै भवितव्य भएन भने मन्त्री बन्ने अधिकाँश अनुहार यिनै हुन्,’ सभापति लामिछाने निकट स्रोतले भन्यो । सुशीला कार्की सरकारमा मन्त्री रहेका जगदिश खरेल, महाबिर पुनलगायतका अन्य थुप्रै नेताहरुले समेत रहर गरेको भए पनि उनीहरुले मन्त्रीको भाग पाउन सक्ने सम्भावना लगभग नरहेको स्रोतको भनाई छ ।

 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।