प्रि ओपन सेसन अपडेटः करिब १६ अंक बढ्यो नेप्से

Jun 09, 2024 10:52 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १.९३ अंक घटेर २०७९.७८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.९२ अंक बढेर २०९३.७१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.०५ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ७२ स्टकको ११९ पटकको कारोबारमा ३० लाख ७३ हजार ८१९ रुपैयाँ ६० पैसाबराबरको ४ हजार ५६८ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ४६ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।