प्रि ओपन सेसन अपडेटः करिब १६ अंक बढ्यो नेप्से

Jun 09, 2024 10:52 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १.९३ अंक घटेर २०७९.७८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.९२ अंक बढेर २०९३.७१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.०५ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ७२ स्टकको ११९ पटकको कारोबारमा ३० लाख ७३ हजार ८१९ रुपैयाँ ६० पैसाबराबरको ४ हजार ५६८ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ४६ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।