सुन र चाँदी मूल्यमा भारि गिरावट, कतिमा झर्याे मूल्य?

Jun 09, 2024 10:57 AM Merolagani



एकपछि अर्को नयाँ रेकर्ड कायम गराउँदै बढेको सुनको मूल्या आईतबार भाारि गिरावट भएको छ । यसदिन सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले गिरावट भएको हो । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आईतबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा खरिद बिक्री भईरहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार काराेबार भएकाे सुनको मूल्य हालसम्मकै उच्च हो ।

यस्तै यस दिन चाँदीको मूल्यमा पनि भारि गिरावट भएको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ८२५ रुपैयाँमा किनबेच भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।