एलिट क्यापिटलको हकप्रद निष्काशन, संस्थापकले लिन नचाहेमा अरुलाई अवसर

Jun 10, 2024 01:10 PM Merolagani



एलिट मर्चेन्ट क्यापिटल लिमिटेडले हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले आगामी असार ५ गतेसम्म हकप्रद शेयरका लागि आवेदन दिन शेयरधनीहरुका नाममा सार्वजनिक सूचना जारी गरेको छ।

हाल संस्थापकहरुका लागि मात्र निष्काशन गरिएको हकप्रदमा १००:२५ अर्थात् २५ प्रतिशत हकप्रद निष्काशन गरिएको हो । यदी कुनै संस्थापकले हकप्रद लिन नचाहेमा मात्रै बिद्यमान अन्य शेयरधनीले खरिदको अवसर पाउनेछन् ।

यो हकप्रद निष्काशनपछी एलिट क्यापिटलको चुक्तापुँजी २२ करोड ५० लाख पुग्नेछ । हकप्रदपछि संस्थाको जारी पुँजी २८ करोड १२ लाखको २० प्रतिशत शेयर सर्वसाधारणलाई आईपिओमार्फत विक्री गरिने योजना क्यापिटलले बनाएको छ ।

नेपाली व्यवशायी, गैरआवासीय नेपाल, शेयर बजारका लगानीकर्ता, बैंकर्स र उद्यमीहरुको प्रयासमा स्थापित एलिट क्यापिटलले बिभिन्न मर्चेन्ट बैंकिङ सेवाहरु दिइरहेको छ । पोर्टफोलियो मेनेजमेन्ट, कर्पोरेट एडभाईजरी, अण्डरराईटिङ तथा डिम्याट सेवा प्रदान गरिरहेको छ ।

साथै क्यापिटलले प्राईभेट ईक्विटी तथा भेन्चर क्यापिटलको रुपमा पनि काम गर्ने तयारी गरिरहेको संस्थाका कार्यकारी अध्यक्ष दिनेश आचार्यले जानकारी दिए । मर्चेन्ट बैंकिङ सम्बन्धि पूर्ण सेवा दिने क्रममा एलिट क्यापिटलले बिक्री प्रबन्धक र शेयर रजिष्टारको सेवा पनि दिने तयारी गरेको छ । तर, धितोपत्र बोर्डले बिक्री प्रबन्धक र शेयर रजिष्टारको ईजाजतपत्र दिन रोको लामो समय भैसकेका कारण सेवा दिन नसकिएको क्यापिटलले जनाएको छ ।

एलिट क्यापिटलले व्यक्तिगत तथा संस्थागत पोर्टफोलियो मेनेजमेन्ट सेवामा सबैभन्दा सस्तो शुल्कमा सेवा दिइरहेको छ भने मुनाफामा भागबण्डा हुने पर्फमेन्ट शुल्क पनि सबैभन्दा कम लिने गरेको छ । यसले १५ बर्ष लामो दीर्घकालिन लगानीका स्किमदेखि छोटो लगानी स्किमहरु संचालन गरिरहेको छ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।