एलिट क्यापिटलको हकप्रद निष्काशन, संस्थापकले लिन नचाहेमा अरुलाई अवसर

Jun 10, 2024 01:10 PM Merolagani



एलिट मर्चेन्ट क्यापिटल लिमिटेडले हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले आगामी असार ५ गतेसम्म हकप्रद शेयरका लागि आवेदन दिन शेयरधनीहरुका नाममा सार्वजनिक सूचना जारी गरेको छ।

हाल संस्थापकहरुका लागि मात्र निष्काशन गरिएको हकप्रदमा १००:२५ अर्थात् २५ प्रतिशत हकप्रद निष्काशन गरिएको हो । यदी कुनै संस्थापकले हकप्रद लिन नचाहेमा मात्रै बिद्यमान अन्य शेयरधनीले खरिदको अवसर पाउनेछन् ।

यो हकप्रद निष्काशनपछी एलिट क्यापिटलको चुक्तापुँजी २२ करोड ५० लाख पुग्नेछ । हकप्रदपछि संस्थाको जारी पुँजी २८ करोड १२ लाखको २० प्रतिशत शेयर सर्वसाधारणलाई आईपिओमार्फत विक्री गरिने योजना क्यापिटलले बनाएको छ ।

नेपाली व्यवशायी, गैरआवासीय नेपाल, शेयर बजारका लगानीकर्ता, बैंकर्स र उद्यमीहरुको प्रयासमा स्थापित एलिट क्यापिटलले बिभिन्न मर्चेन्ट बैंकिङ सेवाहरु दिइरहेको छ । पोर्टफोलियो मेनेजमेन्ट, कर्पोरेट एडभाईजरी, अण्डरराईटिङ तथा डिम्याट सेवा प्रदान गरिरहेको छ ।

साथै क्यापिटलले प्राईभेट ईक्विटी तथा भेन्चर क्यापिटलको रुपमा पनि काम गर्ने तयारी गरिरहेको संस्थाका कार्यकारी अध्यक्ष दिनेश आचार्यले जानकारी दिए । मर्चेन्ट बैंकिङ सम्बन्धि पूर्ण सेवा दिने क्रममा एलिट क्यापिटलले बिक्री प्रबन्धक र शेयर रजिष्टारको सेवा पनि दिने तयारी गरेको छ । तर, धितोपत्र बोर्डले बिक्री प्रबन्धक र शेयर रजिष्टारको ईजाजतपत्र दिन रोको लामो समय भैसकेका कारण सेवा दिन नसकिएको क्यापिटलले जनाएको छ ।

एलिट क्यापिटलले व्यक्तिगत तथा संस्थागत पोर्टफोलियो मेनेजमेन्ट सेवामा सबैभन्दा सस्तो शुल्कमा सेवा दिइरहेको छ भने मुनाफामा भागबण्डा हुने पर्फमेन्ट शुल्क पनि सबैभन्दा कम लिने गरेको छ । यसले १५ बर्ष लामो दीर्घकालिन लगानीका स्किमदेखि छोटो लगानी स्किमहरु संचालन गरिरहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।