माओवादी विभाजनको असर नेताका परिवारमा, पूर्वअर्थमन्त्री जनार्दन शर्माको परिवार तीन टुक्रामा विभाजित

Nov 04, 2025 05:43 PM mero lagani



नेकपा एकीकृत समाजवादीलगायतका पार्टीसँग एकीकरण गर्ने पार्टी निर्णय विरुद्ध विद्रोह गर्दै पार्टी उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)सहितका नेताहरुले प्रगतिशिल अभियान नेपाल नामक अभियानको घोषणा गरेका छन् । 

योसँगै नेकपा माओवादी केन्द्र औपचारिक रुपमा विभाजित भएको छ ।

नेकपा माओवादी विभाजन भएसँगै उक्त पार्टीका नेता कार्यकर्ताहरु पनि विभाजित भएका छन् । कतिपयका घर परिवार नै विभाजित भएका छन् । त्यसरी परिवार नै विभाजित हुनेमा पूर्वअर्थमन्त्री शर्मा नै अगाडि देखिएका छन् । पार्टीमा आएको विभाजनसँगै अहिले शर्मा परिवार ३ धारमा बाँडिन पुगेको छ । कोही शर्मासँगैको अभियानमा लागेका छन्, कोही विभाजनप्रति आपत्ति जनाउँदै पार्टीमै कृयाशिल देखिएका छन्, कोही भने मौका आउँदा खुल्ने गरि तठस्थ देखिएका छन् ।

शर्माका सहोदर भाई तथा माओवादी केन्द्रिय सदस्य ओपेन्द्र शर्मा र बहिनी नारायणी शर्मा पार्टी विभाजनको विपक्षमा उभिदै मंगलबार भएको केन्द्रिय कमिटीको बैठकमा सहभागि भएका छन् । उनीहरु दुवै जनाले परिवार र राजनीति फरक भएको दावी गर्दै दाई जनार्दनको पक्षमा नलाग्ने घोषणा गरेको माओवादी स्रोतले जानकारी दियो ।

उनीहरुका कान्छा भाइ तथा पार्टी केन्द्रिय सदस्य अनिल शर्मा भने पूर्वअर्थमन्त्री शर्माको पक्षमा उभिएका छन् । पार्टी केन्द्रिय सदस्य तथा उनीहरुका बहिनीज्वाइँ ओमनाथ ढुंगाना अर्थात ओम शर्मा (जो रातोपाटी नामक अनलाइनका लगानीकर्ता हुन) भने अहिलेसम्म नखुलेको बताइएको छ । त्यस्तै कर्णाली प्रदेश कमिटीको अध्यक्ष रहेकी भाइबुहारी विमला केसी (जो प्रदेशको पूर्व कृषि मन्त्री हुन्) पनि खुलेकी छैनन् । तर, उनी पार्टीमै सक्रिय रहन सक्ने अडकलवाजी माओवादीका कर्णाली प्रदेशका कार्यकर्ताहरुले गरेका छन् ।

शर्माका नजिकका नातेदार (भाइ) तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा र नजिक नाताका जगप्रसाद शर्मा भने जनार्दन शर्माको पक्षमा खुलेका छन् ।

जनार्दन परिवारबाटै ठूलोबुबाका छोरा वसन्त शर्मा र माइलो बुबाकी छोरी लुम्बिनी गौतम पनि पार्टी अध्यक्ष प्रचण्डको पक्षमा नरहे पनि पार्टी छोडिहाल्ने पक्षमा नरहेको बताइन्छ ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।