माओवादी विभाजनको असर नेताका परिवारमा, पूर्वअर्थमन्त्री जनार्दन शर्माको परिवार तीन टुक्रामा विभाजित

Nov 04, 2025 05:43 PM mero lagani



नेकपा एकीकृत समाजवादीलगायतका पार्टीसँग एकीकरण गर्ने पार्टी निर्णय विरुद्ध विद्रोह गर्दै पार्टी उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)सहितका नेताहरुले प्रगतिशिल अभियान नेपाल नामक अभियानको घोषणा गरेका छन् । 

योसँगै नेकपा माओवादी केन्द्र औपचारिक रुपमा विभाजित भएको छ ।

नेकपा माओवादी विभाजन भएसँगै उक्त पार्टीका नेता कार्यकर्ताहरु पनि विभाजित भएका छन् । कतिपयका घर परिवार नै विभाजित भएका छन् । त्यसरी परिवार नै विभाजित हुनेमा पूर्वअर्थमन्त्री शर्मा नै अगाडि देखिएका छन् । पार्टीमा आएको विभाजनसँगै अहिले शर्मा परिवार ३ धारमा बाँडिन पुगेको छ । कोही शर्मासँगैको अभियानमा लागेका छन्, कोही विभाजनप्रति आपत्ति जनाउँदै पार्टीमै कृयाशिल देखिएका छन्, कोही भने मौका आउँदा खुल्ने गरि तठस्थ देखिएका छन् ।

शर्माका सहोदर भाई तथा माओवादी केन्द्रिय सदस्य ओपेन्द्र शर्मा र बहिनी नारायणी शर्मा पार्टी विभाजनको विपक्षमा उभिदै मंगलबार भएको केन्द्रिय कमिटीको बैठकमा सहभागि भएका छन् । उनीहरु दुवै जनाले परिवार र राजनीति फरक भएको दावी गर्दै दाई जनार्दनको पक्षमा नलाग्ने घोषणा गरेको माओवादी स्रोतले जानकारी दियो ।

उनीहरुका कान्छा भाइ तथा पार्टी केन्द्रिय सदस्य अनिल शर्मा भने पूर्वअर्थमन्त्री शर्माको पक्षमा उभिएका छन् । पार्टी केन्द्रिय सदस्य तथा उनीहरुका बहिनीज्वाइँ ओमनाथ ढुंगाना अर्थात ओम शर्मा (जो रातोपाटी नामक अनलाइनका लगानीकर्ता हुन) भने अहिलेसम्म नखुलेको बताइएको छ । त्यस्तै कर्णाली प्रदेश कमिटीको अध्यक्ष रहेकी भाइबुहारी विमला केसी (जो प्रदेशको पूर्व कृषि मन्त्री हुन्) पनि खुलेकी छैनन् । तर, उनी पार्टीमै सक्रिय रहन सक्ने अडकलवाजी माओवादीका कर्णाली प्रदेशका कार्यकर्ताहरुले गरेका छन् ।

शर्माका नजिकका नातेदार (भाइ) तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा र नजिक नाताका जगप्रसाद शर्मा भने जनार्दन शर्माको पक्षमा खुलेका छन् ।

जनार्दन परिवारबाटै ठूलोबुबाका छोरा वसन्त शर्मा र माइलो बुबाकी छोरी लुम्बिनी गौतम पनि पार्टी अध्यक्ष प्रचण्डको पक्षमा नरहे पनि पार्टी छोडिहाल्ने पक्षमा नरहेको बताइन्छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।