एलन मस्कले आफ्नाे कार्यालयमा गरे एप्पलकाे आइफाेन र म्याकबुकमाथि प्रतिबन्ध, किन गरे यस्ताे निर्णय ?

Jun 11, 2024 06:15 PM Merolagani



एप्पलले सोमबार वर्ल्ड वाइड डेभलपर कन्फरेन्स २०२४ (एप्पल डब्लुडब्लुडीसी २०२४) सुरु गरेको छ । यस कार्यक्रममा कम्पनीले आईओएस १८ लगायत धेरै अपरेटिङ सिस्टमहरू सार्वजनिक गरेको छ र तिनका सुविधाहरूको बारेमा जानकारी दिएको छ । यसकासाथै, कम्पनीले एप्पल इन्टेलिजेन्स पनि ल्याएको छ ।

एप्पलले च्याटजीपीटी निर्माता ओपन एआइसँग साझेदारीको घोषणा गरेको छ। जसपश्चात विश्वका धनी व्यक्तिमध्ये एक एलन मस्कले एक्स प्लाटफर्ममार्फत आफ्नो आक्राेश पोखेका छन् ।

एलन मस्कले के भने?

एलन मस्कले एक्स प्लाटफर्ममा एक पाेस्ट गर्दै आफ्नाे कार्यालयमा एप्पल आइफाेन र म्याकबुक प्रतिबन्ध गरेकाे घाेषणा गरेका छन् । याे निर्णय गरेसँगै उनका कर्मचारीहरूले अब एप्पलका कुनै उपकरण कार्यालय लैजान पाउने छैनन् ।

भिजिटरहरूको पनि जाँच गरिने

कार्यालयमा प्रवेश गर्नु अघि आगन्तुकहरूलाई समेत जाँच गरिने भएकाे छ । उनीहरूसँग एप्पलकाे आईफोन वा म्याकबुक छ कि छैन भनेर पुष्टि गरेपछि मात्र प्रवेश गराइनेछ।

अब प्रश्न उठ्छ कि एलन मस्कले किन यस्तो निर्णय गरे ?

पार्टनरशीपबाट निराश

टेस्लाका सीईओ एलन मस्कले एक्स (पहिले ट्विटर) मा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले ओपन एआई र एप्पल बीचको साझेदारी एकदम निराशाजनक भएकाे बताएका छन्।

उनले पोष्टमा ओपनएआई,आईफोनकाे ओएससँग आएमा उनले आफ्नो कार्यालयमा यो उपकरणको प्रवेश रोक्ने लेखेका छन्। एलन मस्कले एप्पलका सीईओ टिम कुकको पोस्टको जवाफ स्वरूप यस्तो लेखेका हुन्।

एलन मस्कले ओपनएआईको बारेमा अन्य धेरै पोस्टहरू पनि पाेष्ट गरेका छन्। खासगरी, उनले ओपनएआईलाई लिएर धेरै गम्भीर आरोप लगाउँदै आएका छन् । उनले OpenAIले डाटा पहुँच गर्न सक्ने दावी गरेका छन् । Apple WWDC 21024को समयमा, कम्पनीले एआई इंटीग्रेशनसंगै धेरै सुविधाहरू पनि सार्वजनिक गरेको छ। यति मात्र होइन, प्रयोगकर्ताको डाटा सुरक्षित रहने कम्पनीको दाबी छ ।

एजेन्सीकाे सहयाेगमा ।




घरबाटै काम गर्न सरकारको आह्वान

Apr 07, 2026 03:07 PM

युद्धका कारण इन्धन संकट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धान संकट गहिरीनुका साथै मूल्यवृद्धि समेत आकशिएकाले इन्धन खपतका लागि घरबाटै काम गर्न आग्रह गरेको हो ।