खासगरी, भारतका २६ वर्षीय एक चिकित्सकले अनलाइन मार्फत आइसक्रिम अर्डर गरेका थिए । उनले आइसक्रिम खाँदै गर्दा कोन भित्र अचानक मानिसकाे औंलाको टुक्रा जस्ताे देखे जसपश्चात उनकाे हाेस उड्याे । उनी त्यसपछि नजिकैको मलाड प्रहरी चौकी पुगेर बुधबार यसबारे जानकारी गराएका थिए ।
याे आइसक्रिम यम्मो कम्पनीकाे हाे । ति व्यक्तिकाे उजुरीकाे आधारमा प्रहरीले याम्मो आइसक्रिमविरुद्ध मुद्दा दर्ता गरेकाे छ ।
प्रहरीले आइसक्रिममा भेटिएको मानिसकाे औंलालाई थप पुष्टिका लागि एफएसएल (फरेन्सिक) जाँचका लागि पठाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेकाे छ ।
कसरी आयाे आइसक्रिममा औँला?
डा. ब्रान्डन फेराओले यो आइसक्रिम यम्मो आइसक्रिमबाट अनलाइन अर्डर गरेको बताएका छन् । डक्टरले २ वटा म्यांगाे फ्लेवरकाे र एक वटा बटर स्कच आइसक्रिम अर्डर गरेका थिए । उनले परिवारसँगै बसेर बटर स्कचकाे आइसक्रिम खाइरहेका थिए । जब उनले आधाभन्दा बढी आइसक्रिम खाइसके, त्यसबेला उनले केही फरक महसुस गरे ।
उनले आफूले केहि टोकेकाे र उनको मुखमा के छ भनेर झस्किए। त्यसपछि, उनले आफ्नो मुखबाट त्यो टुक्रा निकालेर हेरे र आइसक्रिममा हेरे । उनले आइसक्रिममा कसैको औंला देखेँ। यो देखेपछि उनी झसंग भए ।
पेशाले एमबीबीएस डाक्टर भएकाले उनलाई त्याे कसैको औँला हो भन्ने थाहा भइहाल्याे । उनले औंलामा नङ र औंलाको छाप पनि देखे। त्यसपछि उनले पहिले औँला सहितकाे आइसक्रिमलाई बरफमा राखे र त्यसपछि तुरुन्तै उजुरी दिन प्रहरी चौकी पुगे ।
यम्मो आइसक्रिम विरुद्ध एफआईआर दर्ता
मलाड प्रहरीले कम्पनीविरुद्ध एफआईआर दर्ता गरेको छ । मुम्बई मलाड पुलिसले धारा २७२, २७३ र ३३६ अन्तर्गत एफआईआर दर्ता गरेकाे छ । आइसक्रिममा भेटिएको औंलालाई ठूलो षड्यन्त्र मानिएको छ । कम्पनीले अहिले आइसक्रिम उत्पादन गर्न बन्द गरेकाे छ ।
भारतीय संचारमाध्यमबाट ।