बालेनले चेतावनी दिँदै भने- काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला

Jun 16, 2024 12:03 PM Merolagani



काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका छन् । महानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठकमा कांग्रेस र एमालेका जनप्रतिनिधिहरूले बहिष्कार गरेपछि उनले यस्तो चेतावनी दिएका हुन्।

उनले सामाजिक सञ्जालबाट ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको बताएका छन्।

उनले भनेका छन्, ‘काठमाडौं महानगरको कुनै पनि नीति, योजना बारेमा छलफल बन्द कोठामा हुँदैन, जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ, यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ, नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा रहँदैन, १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ, बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगर पालिकाले गर्दैन,काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला।’




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।