क्यानडा जान २४ वर्षका युवा ६७ वर्षे वृद्ध जस्तै बनेपछि...

Jun 20, 2024 04:37 PM Merolagani



भारतकाे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एक वृद्ध पक्राउ परे । आफूलाई ६७ वर्षका बताउने ती पुरूषलाई विमानस्थलमा केन्द्रीय औद्योगिक सुरक्षा बलले नियन्त्रणमा लियाे । क्यानडा उड्न लागेका उनी पक्राउ पर्नुकाे कारण चलचित्र जतिकै राेचक छ ।  

खासगरी, मंगलबार बेलुकी आफूलाई वृद्ध बताउने ती पुरूष २४ वर्षका युवक भएकाे खुलेपछि प्रहरीले पक्राउ गरेकाे हाे । क्यानडा जानकै लागि उनले एक वृद्धकाे भेष धारण गरेका थिए । गुरु सेवक सिंह नाम गरेका ती युवकले कपालमा सेताे रङ लगाएका थिए भने कपडा पनि वृद्धकै जस्तै थियाे । 

विमानस्थलको टर्मिनल ३ मा सिंहलाई पक्राउ गरिएकाे हाे । उनको गतिविधिहरू शंकास्पद लागेपछि पहिलो पटक सीआईएसएफका कर्मचारीहरूले जाँच गरेका थिए । 

ती व्यक्तिले रशविन्दर सिंह सहोता नाम भएका ६७ वर्षका एक व्यक्तिका पासपाेर्ट बाेकेका थिए । उनले आफ्नो परिचय पनि त्यहिँ नै दिएका थिए। उनी मंगलबार दिल्लीबाट उड्न लागेकाे एयर क्यानडाको विमानमा चढ्नुपर्ने थियाे ।

उनकाे हाउभाउ, आवाज र छाला पासपाेर्ट भन्दा फरक पाएपछि उनीमाथि शंका गरिएकाे थियाे ।पासपाेर्टमा उपलब्ध गराइएका विवरणहरू भन्दा उनी धेरै कान्छो देखिन्थे। त्यसपछि नजिकबाट हेर्दा उनले आफ्नो कपाल र दाह्रीमा सेतो रंगाएकाे र वृद्ध देखिन चश्मा लगाएकाे पत्ता लागेकाे थियाे ।

   त्यसपछि, सोधपुछ गर्दा ती व्यक्तिले आफ्नो सही परिचय दिएका थिए । उनी २४ वर्षका गुरु सेवक सिंह भएकाे खुलासा गरे। उनको मोबाइलमा यस नामको पासपाेर्टकाे फोटो पनि भेटिएको थियाे ।

नक्कली पासपाेर्ट बाेकेकाे आराेपमा यात्रुलाई उनको सामानसहित यस विषयमा कानुनी कारबाही अघि बढाउनका लागि उनलाई दिल्ली प्रहरीको जिम्मा लगाइएकाे छ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।