फाइनान्स, माइक्रोफाइनान्स र हाइड्रो बढ्दा पनि बढ्न नसकेका यी कम्पनीहरु

Jun 23, 2024 11:06 AM MeroLagani

नेप्से परिसूचक पछिल्लो केही दिनदेखि घटे पनि क्षेत्रगत रुपमा फाइनान्स, माइक्रोफाइनान्स र हाइड्रोपावर सेक्टरको एक महिनाको तथ्यांकले भने केही कम्पनीहरु सुपर बुलिस देखिएका छन् । विगत मे ६ देखि जुन २० सम्मको समूहगत तुलना गर्दा फाइनान्स समूह ११.३६ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स ११ दशमलब ४७ प्रतिशत र हाइड्रोपावर समूह ९ दशमलब ३२ प्रतिशतले बढेको छ ।


यही बीचमा नेप्से परिसूचक भने ५ दशमलब ५९ प्रतिशतले मात्रै बढेको देखिएको छ । उपसमूहसँगै केही कम्पनीहरु बुलिस रहे पनि सोही समूहका केही कम्पनीहरु झिनो रुपमा मात्रै बढेका छन् । कतिपय सोही समूहका कुनै कम्पनीहरु उल्टो घटेका छन् । यहाँ उपसमूह बढ्दा झिनो अंकले बढेका वा उल्टो घटेका कम्पनीहरुको बारेमा चर्चा गरिएको छ ।

पछिल्लो ५ कारोबार दिनमा नेप्से परिसूचक ४ कारोबार दिन ठूलो अंकले घटेको छ भने एक कारोबार दिन मात्रै झिनो अंकले बढेको छ । धितोपत्र बोर्डमा अध्यक्षको नियुत्ति प्रक्रिया लम्बिनु तथा विद्याधर मल्लिकको समितिले शेयर बजारका व्यवसायिक लगानीकर्ताको नाफालाई आम्दानी मानेर कर तिर्नुपर्ने सुझाव सार्वजनिक भएपछि शेयर बजार थप दबाबमा रह्यो । शेयर बजार ५ कारोबार दिनमा ५३ दशमलब ३१ प्रतिशतले घटेको छ ।

फाइनान्स समूहअन्तर्गत नेपाल फाइनान्स, ४६ दशमल २३ प्रतिशत, समृद्धि फाइनान्स २८ दशमलब ५५ प्रतिशत, प्रोग्रेसिभ फाइनानस २१ दशमलब ५२ प्रतिशत, गुडविल फाइनान्स १९ दशमलब ६३ प्रतिशत र बेष्ट फाइनान्स १७ दशमलब ६९ प्रतिशतले बढेको देखिएको छ । सोही अवधिमा सबैभन्दा धेरै घटने र सुस्त गतिमा बढ्ने कम्पनीहरुमा क्रमशः पोखरा फाइनान्स ६ दशमलब ४३ प्रतिशतले घटेको छ भने मञ्जुश्री फाइनान्स १ दशमलब ३८ प्रतिशततले मात्रै बढेको छ भने आईसीफएसी फाइनानस २ दशमलब ७२ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्स ५ दशमलब ५७ प्रतिशत र रिलायन्स फाइनानस १० दशमलब३५ प्रतिशतले बढेको छ ।

हाइड्रोपावर समूहमा भगवती हाइड्रोपावर ६२ प्रतिशत, बुद्धभुमि नेपाल ५३ प्रतिशत, कुथरी बुखारी हाइड्रोपावर ५२ प्रतिशत, सुपर मादी हाइड्रोपावर ४५ प्रतिशत र बरुण हाइड्रोपावर ३७ प्रतिशतसम्मले शेयर मूल्यमा उछाल आएको देखिएको छ । सोही अवधिमा पिपल्स पावर ११ प्रतिशतल, जोशी हाइड्रोपावर ९ दशमलब ३५ प्रतिशत, डोल्टी पावर ६ प्रतिशत, मोदी इनर्जी ३ दशमलब ४५ प्रतिशत र माउन्टेन हाइड्रो नेपाल भने ३ दशमलब ४२ प्रतिशतले घटेको छ ।

माइक्रोफाइनान्स समूहमा हिमालयन लघुवित्त ६३ प्रतिशत, उपकार लघुवित्त ५४ प्रतिशत, सिर्जनशील लघुवित्त ५३ प्रतिशत, ग्लोबल आईएमई लघुवित्त ५० प्रतिशत र साधना लघुवित्त ४६ प्रतिशतले बढेको छ ।

उन्नति सहकार्य लघुवित्त १२.२७ प्रतिशत, सीवाईसी नेपाल लघुवित्त ७.९५ प्रतिशत, आरएसडीसी लघुवित्त ६.७६ प्रतिशत, गुराँस लघुवित्त १.९२ प्रतिशत र एनआईसी एसिया लघुवित्त १ दशलमब १६ प्रतिशतले घटेको देखिएको छ ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।