धितोपत्र बोर्डले दिन थाल्यो सार्वजनिक निष्कासन स्वीकृति, प्रिमियम, बुक बिल्डिङ र ९० भन्दा कम नेटवर्थ भएकालाई भने तत्काल स्वीकृति नदिने

Jun 24, 2024 06:19 AM Merolagani



सुवास निरौला

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन अनुमति दिन थालेको छ। झन्डै ६ महिना अवरुद्ध भएपछि बोर्डले गत शुक्रवारदेखि पुन: निष्कासन स्वीकृति दिन थालेको हो।

गत पुस २० गते तत्कालीन धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल पदावधि सकिए यता कुनै पनि कम्पनीले सार्वजनिक निष्कासन अनुमति पाएका थिएनन्। त्यस यता गत शुक्रवार हिमालयन ऊर्जा विकास कम्पनीको हकप्रद स्वीकृत गर्दै अवरुद्ध निष्कास प्रक्रिया पुनः खुला गरेको हो। बोर्डले हिमालयन ऊर्जा विकास कम्पनीलाई एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्कासन अनुमति दिएको हो। उसलाई निष्कासन स्वीकृति दिएसँगै बोर्डले आउने दिनमा क्रमिक रुपमा सबै कम्पनीलाई निष्कासन स्वीकृति दिँदै जाने जनाएको छ। “अब क्रमिक रुपमा निष्कासन स्वीकृति हुँदै जाने छन्” नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. नवराज अधिकारीले मेरो लगानीसँग भने।

निष्कासन स्वीकृति दिँदै जाने भनिए पनि बोर्डले अहिलेलाई भने बुक बिल्डिङ प्रक्रियामा रहेका कम्पनी, प्रिमियममा शेयर निष्कासन अनुमति मागेका कम्पनी र ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई भने स्वीकृति नदिने बताएको छ। “ती कम्पनीहरूलाई के कसरी अघि बढाउने भन्ने विषयमा बोर्डमा एक चरणको छलफल हुन्छ। त्यसबाट केही सैद्धान्तिक सहमति वा निर्णय भयो भने त्यही अनुसार अघि बढ्छ,” डा. अधिकारीले भने।

केही सहमति ननिस्किएको खण्डमा भने बोर्डले आफ्नै व्यवस्थापन समिति बनाएर एउटा अध्ययन समिति बनाउने छ। उक्त समितिले पछिल्लो समय सार्वजनिक लेखा समितिले दिएको निर्देशन अनुसार काम गर्ने छ। लेखा समितिले पछिल्लो समय संशोधन भएका नियमावली निर्देशिकालाई पहिलेकै अवस्थामा फर्काउन भनेको छ। त्यसलाई पनि के कसरी समायोजन गर्न सकिन्छ भन्ने बारेमा सो गठित समिति मार्फत अध्ययन गराउने बोर्डको योजना छ।  उक्त समितिले निकालेको निष्कर्षको आधारमा मात्रै उनीहरूको स्वीकृति प्रक्रिया अघि बढाउने डा.अधिकारीले बताए।

डा.अधिकारीका अनुसार आउने दिनमा फेस भ्यालु एक सय रुपैयाँमा नै शेयर निष्कासन अनुमति मागेका कम्पनीले क्रमिक रुपमा अनुमति पाउने छन्। तर बुक बिल्डिङ प्रक्रियामा रहेका कम्पनी, प्रिमियममा शेयर निष्कासन अनुमति मागेका कम्पनी र ९० भन्दा कम नेटवर्थ भएका कम्पनीले भने अझै पनि स्वीकृति लागि थप समय कुर्नु पर्ने छ।

अहिले धितोपत्र बोर्डमा ३५ कम्पनी प्राथमिक निष्कासन अनुमतिको पर्खाइमा छन्। उता हकप्रद निष्कासनको अनुमति पर्खिने कम्पनीको सङ्ख्या १२ छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।