अपर तामाकोशीको शेयर ‘कट अफ प्राइस’ नजिक

Jun 26, 2024 03:25 PM Merolagani



अपर तामाकोशीको शेयर कट अफ प्राइस नजिक आउने सुरसार गरेको छ । निरन्तर रुपमा घटेर आज (बुधबार) तामाकोशीको शेयर १५५ रुपैयाँ किनबेच भएको छ । अपर तामाकोशीको लिलामीको कट अफ प्राइस एक सय ४७ रुपैयाँ आएको थियो ।

कट अफ प्राइसमा आउन अब ८ रुपैयाँ झर्नुपर्ने हुन्छ । अहिलेकै गतिमा निरन्तर ओरालो लाग्ने हो भने तामाकोशीको शेयर कट अफ प्राइसमा नै आउने लगानीकर्ताले बताउन थालेका छन् ।

अपर तामाकोशीको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएपछि आपूर्ति बढी भएकाले शेयरको मूल्य घट्न गएकाे लगानीकर्ताको भनाइ छ । अपर तामाकोशीको हकप्रदको शेयर बिक्री नभएपछि लिलामीमा शेयर बिक्री गरिएको थियो ।

अपर तामाकोशीले गत पुस १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको थियो । कम्पनीले सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको थियो ।




comments powered by Disqus

न अफिस जानुपर्ने न त काम नै गर्नुपर्ने, सुतेर नै १४ लाख बढी कमाई

Sep 24, 2024 05:46 PM

'सुतेर पनि पैसा कमाउन सकिन्छ ।' के तपाईँले कहिल्यै यस्तो सुन्नुभएको छ ? सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य घटना हो । अहिले, यो खबर  सामाजिक संजालमा चर्चामा रहेको छ ।