Wed, Jan 07, 2026
आँखुखोला हाइड्रोपावरले चुक्ता पूँजीकाे १५० प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। धिताेपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशनको लागि बुधबार अनुमति दिएको हो।
हाइड्रोपावरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको थियो। सोहि अनुसार हकप्रद शेयर निष्काशनको लागि विवरणपत्र प्रकाशित गर्न बोर्डले अनुमति दिएको हो।
पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।