शाओमीले ल्यायो रेड्मी नोट १३ सिरिजमा जुलाई ज्याकपट अफर, ४,००० रूपैयाँसम्मकाे छुट पाइने

Jul 05, 2024 06:40 PM Merolagani



ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो नेपाली ग्राहकहरुको लागि जुलाई ज्याकपट अफर शुरु गरेको छ । यस अफरको साथ ग्राहकहरूले रेड्मी नोट १३ सिरिज मोडेलहरूमा ४,००० रूपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५जि मा उत्कृष्ट छुटहरू १ जुलाईदेखि ३१ जुलाईसम्म शाओमीका नेपालभरका रिटेल आउटलेटहरूमा र सबै आधिकारिक मी स्टोरहरूमा पाउन सक्नेछन् ।

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “ हाम्रा नेपाली ग्राहकहरुले उत्कृष्ट मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराउन प्रतिबद्ध छौं । टेक्नोलोजी सबैको लागि पहुँचयोग्य हुनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौं र यी यस्ता अफरहरुले हाम्रो इनोभेटिभ र हाई–क्वालिटी स्मार्ट्फोनहरु अझ धेरै मानिसहरूका लागि उपलब्ध गराउने हामीले लक्ष्य राखेका छौँ ।”

ग्राहकहरूले अब रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि मा धेरै पैसा खर्च नगरि प्रिमियम सुविधाहरू र शीर्ष–स्तरीय प्रदर्शनको आनन्द लिन सक्ने  कम्पनीले जनाएकाे छ।

अफरहरु ः

रेड्मी नोट १३ ः

६/१२८ जीबी : पुरानो मूल्य रु. २४,९९९ , अफर मूल्य रु. २३,९९९ मात्र
८/२५६ जीबी : पुरानो मूल्य रु. २७,९९९ , अफर मूल्य रु. २६,९९९ मात्र

रेड्मी नोट १३ प्रो :
८/२५६ जीबी : पुरानो मूल्य रु. ३४,९९९ , अफर मूल्य रु. ३२,९९९ मात्र
१२/५१२ जीबी : पुरानो मूल्य रु. ३९,९९९ , अफर मूल्य रु. ३५,९९९ मात्र

रेड्मी नोट १३ प्रो प्लस ५जीः
८/२५६ जीबी : पुरानो मूल्य रु. ४७,९९९ , अफर मूल्य रु. ४५,९९९ मात्र
१२/५१२ जीबी : पुरानो मूल्य रु. ५२,९९९ , अफर मूल्य रु. ५०,९९९ मात्र

रेड्मी १३ नोट सिरिज अन्तर्गत तीन मोडेलका फोनहरु  रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि उपलब्ध छन्।

६+१२८ जिबी र ८+२५६ जिबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा रहेको छ ।

त्यसैगरी, रेड्मी नोट १३ प्रो इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर र ८+२५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

त्यस्तै, रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंग भएको हुदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध रहेकाे छ।

१ जुलाईदेखि ३१ जुलाईसम्म लागु हुने यो जुलाई ज्याकपट अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।

 




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।