हल्लाको पछाडि लागेर लगानी नगर्नुहोस

Jul 07, 2024 06:04 PM Merolagani



सुनिल काराखेती, सर्वसाधारण लगानीकर्ता

शेयर लगानीकर्ता साथीहरु, देशमा, सरकार परिवर्तन हुने र अर्थमन्त्रीमा विष्णु पौडेल आउने हल्लाले शेयर बजारका माफियाहरुले शेयर बजारलाई हवात्तै बढाउने र घटाउने गरेर हामी लगानीकर्ताहरुलाई डुवाउने गरेका छन् । साथीहरु, हामी सर्वसाधारण शेयर लगानीकर्ताहरु यस्तै वेला झनै सतर्क हुनु पर्दछ ।

नेगेटिभ नेटवर्थ भएका कम्पनीलाई हकप्रद शेयर निस्कासन नगर्न दिनु पर्ने हो । तर धितो पत्र बोर्डले धमाधम शेयर निस्कासनको अनुमती दिए सँगै शेयर बजारका माफियाहरुलाई काइदा भएको छ ।यसै क्रममा, भर्खरै आँखु खोला जलविद्युत लिमिटेडले १५० प्रतिशत हकप्रद शेयर निस्कासनको लागि अनुमती पाएको छ ।

८० करोड पूँजी रहेको यो जलविद्युत कम्पनीले प्रस्तुत गरेको वित्तिय विवरण अनुसार, यो कम्पनीले, तेश्रो त्रैमासिक सम्म लगभग शून्य आम्दानी गरेको देखिन्छ । र यो कम्पनीको बुक भ्यालु जम्मा ६९.४४ अर्थात ६९ रुपैयाँ हाराहारी रहेको छ । अर्थात यो कम्पनी ऋणात्मक अवस्थामा रहेको छ ।

यस्तो नकारात्मक अवस्थामा रहेको कम्पनीको बजार मुल्य गत साताको १८ गतेसम्म, २१४ रुपैयाँ हाराहारी थियो । तर हकप्रद शेयर पाउने भन्ने सूचनाले शेयर माफियाहरुले विना कारण दिनानु दिन यसको मूल्य वढाउँदै लगि रहेका छन् ।

हालको बजार मूल्यमा, यो आँंखु खोला जलविद्युत कम्पनीको शेयर खरिद गरी, हकप्रद शेयर समेतको औसत लिँदा, हकप्रद शेयर वितरण पश्चात यसको बजार मूल्य १५० रुपैयाँको हाराहारीमा हुने देखिन्छ ।

आँखु खोला जलविद्युत कम्पनीको वित्तीय अवस्थालाई हेर्दा, यो कम्पनीले, आउँदो ३-४ वर्ष सम्म पनि हामी लगानीकर्तालाई कुनै प्रकारको लाभांश वा वोनश शेयर दिन नसक्ने अवस्थामा रहेको छ । सरकार परिवर्तन हुने वा फलानो अर्थमन्त्री हुन्छ भन्ने कुराले, हामीले लगानी गर्ने कम्पनीहरुको नाफा लाभांश वा वोनश शेयर कुनैमा, कही कतै केही पनि प्रभाव पर्ने वाला छैन ।

यसर्थ दोश्रो बजारमा शेयर खरिद गर्दा, हल्लाका पछाडि नलागी यथार्थ वित्तीय अवस्था र भविष्यमा प्राप्त हुन सक्ने मुनाफाको अनुमान गरेर मात्र यस्ता कम्पनीहरुमा लगानी गरेमा, लगानीकर्ता साथीहरु जोखिमबाट बच्न सक्नु हुने छ ।

karakhetisuneel@gmail.com

 




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।