गोगोराेको २ नयाँ इलेक्ट्रीक स्कुटर नेपाल आउने पक्का, कति रहेकाे छ मूल्य ?

Jul 07, 2024 06:20 PM Merolagani



गोगोराेको नयाँ इलेक्ट्रीक स्कुटर नेपाल आउने पक्का भएकाे छ। गोगोरोको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी नेबुला इनर्जीले जिगो सिरिजका दुई स्कुटर नेपाल भित्राउन लागेकाे हाे । 

ताइवानी कम्पनी गोगोरोकाे जिगो सि १ बी र सि २ बी नेपाल ल्याउनेछ । भदौ ११ गतेदेखि सुरू हुन लागेकाे नाडा अटो शोमा यी स्कुटरहरूकाे प्रदर्शन गर्ने भएकाे हाे ।

गोगोराेले दशैँसम्ममा यी स्कुटरहरूकाे बिक्री गर्ने तयारी गरिरहेकाे छ । यद्धपि प्राविधिक समस्या भएमा तिहारसम्म लाग्ने कम्पनीकाे भनाइ छ ।

गत बैशाखमा नेबुला इनर्जीले स्वापिङ स्टेशन निर्माण गर्ने घाेषणा गरेकाे थियाे। यसका साथै, कम्पनीले इकर्मसका लागि हुने स्कुटर सार्वजनिक गरेको थियो । 

अहिले,कम्पनीले काठमाडौंको दुई स्थानमा स्वापिङ स्टेशन निर्माण गरेको छ। यसैगरी, दशैँसम्ममा थप केहि स्थानमा स्वापिङ सेन्टर स्थापना गर्ने कम्पनीकाे योजना रहेकाे छ । 

कति छ मूल्य ?

यससँगै गोगोरोकाे जिगो सि १ बी र सि २ बी इलेक्ट्रीक स्कुटरकाे मूल्यसूची पनि सार्वजनिक गरिएकाे छ ।

जसमध्ये जिगो सि १ बीको मूल्य २ लाख ५५ हजार रुपैयाँ ताेकिएकाे छ । यससँगै, सि २ बीको २ लाख ६५ हजार ५०० रुपैयाँ पर्नेछ । यद्धपि स्कुटर सार्वजनिक गर्दासम्म कम्पनीले यो मूल्यमा केहि हेरफेर गर्न सक्नेछ । याे मूल्यमा ग्राहकले ब्याट्रीको मूल्य तिर्नु पर्ने छैन । 




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।