ऐतिहासिक उचाईबाट सुनको मूल्य निरन्तर घट्दै

Jul 09, 2024 10:52 AM Merolagani



नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मुल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

सोमबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४४ हजार ३० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । ऐतिहासिक उचाई बनाएपछिका दुई कारोबार दिन सुनको मूल्यमा निरन्तर गिरावट भएको हो ।

महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा खरिद बिक्री भईरहेको छ । सोमाबार चाँदी तोलामा एक हजार ८९० रुपैयाँमा किनबेच भएको थियो ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।