निजी क्षेत्रको समस्या सामाधान भयो भने बैकिङ्ग क्षेत्र अफै अघि बढ्छः बैंकर्स एसाेसिएसनका अध्यक्ष सुनिल केसी

Jul 09, 2024 05:58 PM Merolagani



नेपाल बैंकर्स एसाेसिएसनका अध्यक्ष सुनिल केसीले निजी क्षेत्रको समस्या समाधान भए बैंकिंग क्षेत्र आफै सकारात्मक रुपमा अघि बढ्ने बताएका छन्। सोमबार उद्योग वाणिज्य महासंघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धि छलफलमा उनले यस्तो बताएका हुन्।

#c6# पछिल्लो समय निजी क्षेत्रमा देखिएको समस्या विस्तारै बैंकिंग क्षेत्रमा सर्दै गएको बताएका छन्। जसले गर्दा पछिल्लो समय बैंकहरुको खराब कर्जा समेत बढ्दै गएको छ। "निजी क्षेत्रमा देखिएको समस्या विस्तारै बैंकिंग क्षेत्रमा सर्दैछ," उनले भने "निजी क्षेत्रको समस्या समाधान भयो भने आफै अघि बढ्छ।"

अहिलेको अवस्थामा सटटर्म भन्दा पनि लङटर्मको लागि सामाधान खोज्नुपर्ने उनले बताए। "अहिले हामीले सटटर्म समाधान मात्रै खोजेर हुँदैन, मिडियमटर्म र लङटर्म समाधान लिएर आउनुपर्छ," उनले भने।

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।