राष्ट्र बैंकले कसैलाई कस्नेगरी नीतिले बाँधेको छैन्, बाँधेको डोरी देखाइदिए फुकाउन तयार छः गभर्नर अधिकारी

Jul 09, 2024 06:15 PM Merolagani



नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूले बजार घुमेर नीति बनाउने बताएका छन्। उद्योग वाणिज्य महासँघले मंगलबार आयोजना गरेको मौद्रिक नीति सम्बन्धि छलफलमा उनले बजार घुमेर मात्रै नीति बनाउने बताएका हुन्।

व्यवसायीले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने "कोट लगाउनेले मात्रै नीति बनाउँदैनन्, आज मात्रै काठमाडौंमै सञ्चालित एउटा उद्योगमा तीन घण्टा घुमेर आएको छु, त्यो उद्योगले २ अर्ब रुपैयाँको कारोबार छ, म बजार घुमेर नीति बनाउँछु।"

राष्ट्र बैंकले नीति ल्याउदा अर्थतन्त्रलाई नै सर्बोपरि राखेर ल्याउनुपर्ने उनले बताए। कोभिडको समयमा दिएको सुविधाले नै अहिलेसम्म व्यवसायी बाँचेर आएको समेत उनले बताए।

उनले सबै कुरा राष्ट्र बैंकले मात्रै गर्न नसक्ने बताउँदै सक्नेजति राष्ट्र बैंकले गर्ने बताए।

राष्ट्र बैंकले कडाइ गरेको कारण समस्या भएको चर्चा भइरहेको बेला गभर्नर अधिकारीले राष्ट्र बैंकले कसैलाई कस्नेगरी नीति नल्याएको बताए। राष्ट्र बैंकले कुन कुरामा बाँधेको छ, त्यो डोरी देखाउन अधिकारीले आग्रह समेत गरे । उनले त्यो बाँधेको डोरी देखाइदिए राष्ट्र बैंक डोरी फुकाउन तयार रहेको बताए।

उनले साना ऋणीलाई चालु पुँजी कर्जा मार्गदर्शन नलाग्ने प्रष्ट पारे । "चालु पुँजी कर्जा मार्गदर्शन १ करोडभन्दा मुनिको कर्जामा लाग्दैन, १ करोड ऋण भनेको धेरै हो, त्यसैले यो नीतिले साना ऋणीलाई समस्या गर्दैन्," उनले भने ।

 




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।