पछिल्लो पटक छुट्नुभयो? फेरि आउँदैछ एक दिन प्राविधिक विश्लेषणको तालिम लिने मौका

Jul 10, 2024 05:58 AM Merolagani



आफ्नो व्यक्तिगत कारणले या सीट नपाएर, मेरोलगानीका पछिल्ला एक दिने प्राविधिक विश्लेषण तालिम लिन पाउनुभएको छैन भने, मेरोलगानीले सो मौका पुनः तपाईहरुका लागि ल्याएको छ।

प्राविधिक विश्लेषण सिकेर शेयर बजारमा लगानी गर्ने तपाईको इच्छालाई पुरा गर्न मेरोलगानीले पुनः एक दिने प्राविधिक विश्लेषण तालिमको आयोजना गर्न लागेको हो। सो तालिम साउन ५ गते शनिबार, मेरोलगानीको कार्यालय, त्रिपुरेश्वरमा बिहान ८ बजे शुरु हुनेछ। लामो समयदेखि नेपाली शेयर बजारमा प्राविधिक विश्लेषण गरी अनुभव बटुलेका सन्तोषसिंह लिङ्देनले तालिम दिनेछन्। दिउँसो २ बजेसम्म हुने सो तालिममा खानाको पनि व्यवस्था गरिएको छ।

१५ जना मात्र सहभागिता रहने भएकोले तपाईले सो तालिम छुटाउन चाहनुहुन्न भने छिटोभन्दा छिटो मेरोलगानी कार्यालयमा सम्पर्क गरी आफनो नाम रजिष्टर गराउनुपर्नेछ। अथवा तपाईले यहाँ क्लिक गरेर पनि आफ्नो सीट सुरक्षित गर्न सक्नुहुन्छ। ५ हजार रुपैयाँमा आफ्नो सीट सुरक्षित गर्न सकिने सो तालिममा सहभागीहरुले एक महिनाको लागि टेक्नीकल न्युजलेटर र अनलाइन स्टक ट्रेनिङ्ग सेवा पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्। तालिममा शेयर बजारमा लगानी गर्नको लागि प्राविधिक रुपमा कसरी योजना बनाउने भन्ने विषयमा विस्तृत रुपमा छलफल समेत हुनेछ।

यसअघि मेरो लगानीले आधा दर्जन बढी एकदिने प्राविधिक विश्लेषणसम्बन्धि तालिम सफलतापूर्वक सम्पन्न गरिसकेको छ। हालै मात्र नागरिक लगानी कोष तथा नागरिक स्टक डिलरका कर्मचारीहरुलाई पनि मेरोलगानीले एक दिने प्राविधिक विश्लेषणको तालिम दिएको थियो।

शेयर बजार बढ्दो क्रममा रहेको अवस्थामा तपाईले शेयर बजार सम्बन्धि प्राविधिक ज्ञान लिएर बजारमा अझै धेरै कमाउन सक्नुहुन्छ या आफ्नो जोखिम व्यवस्थापन र न्यूनिकरण गर्न सक्नुहुन्छ। मेरोलगानीले सर्वसाधारणको माग बमोजिम नै यस्तो एक दिने प्राविधिक विश्लेषण तालिम आयोजना गर्दै आएको हो।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।