जेठमा १ खर्ब २९ अर्ब रेमिट्यान्स भित्रियो, आर्थिक वर्षको अन्तिममा झनै बढ्यो रेमिट्यान्स

Jul 10, 2024 05:03 PM Merolagani



चालु आर्थिक वर्षमा रेमिट्यान्स आउने क्रम निरन्तर बढ्दै गएको छ। जेठ महिनामा मात्रै १ खर्ब २९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

आर्थिक वर्षको अन्तिममा रेमिट्यान्स झनै बढेदै गएको केन्द्रीय बैंकको तथ्याँकले देखाउछ। राष्ट्र बैंकका अनुसार जेठसम्ममा रेमिट्यान्स १९.३ प्रतिशतले बढेर १३ खर्ब २७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले बढेर ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४२२,९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २६२,७०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४५९,४१५ र २६०,२६२ रहेको थियो ।

जेठसम्ममा खुद ट्रान्सफर १७.३ प्रतिशतले बढेर १४ खर्ब ४३ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।