मौद्रिक नीतिमा लचकता अपनाउन राष्ट्र बैंकलाई तथ्याँकको साथ, महंगी ४.१७ प्रतिशतमा झर्यो

Jul 10, 2024 05:23 PM Merolagani



नेपाल राष्ट्र बैंकलाई लचिलो मौद्रिक नीति ल्याउन तथ्याँकले साथ दिएको छ। राष्ट्र बैंकले प्रकाशित गरेको ११ महिनाको तथ्याँकमा महंगी दर घटेर ४ प्रतिशतमा झरेको छ भने बाह्य क्षेत्र पनि मजबुत छ। जसले गर्दा राष्ट्र बैंकलार्य लचिलो मौद्रिक नीति ल्याउन बाटो खुलेको हो।

२०८१ जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत रहेको थियो। राष्ट्र बैंकले लिने नीतिमा महंगी दरको ठूलो भुमिका रहन्छ। महंगी दर कम हुँदा राष्ट्र बैंकलाई नीतिगत लचकता अपनाउन बाटो खुल्ने छ।

जेठमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ ।

अर्कोतर्फ विदेशी मुद्राको सञ्चिति बढ्दै गएको, शोधानान्तर स्थिति बचतमा रहेकोले समेत अहिले राष्ट्र बैंकलाई यसअघि गरिएको कडाइलाई खुकुलो पार्ने बाटो खुलेको हो।

नेपाल राष्ट्र बैंकले साउनको पहिलो हप्ता आगामि आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ। अहिले मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक लागिरहेको छ। यस्तो अवस्थामा सहज किसिमको तथ्याँक आँउदा राष्ट्र बैंकले यसअघि लिएको कडा नीतिलाई खुकुलो पार्न सहज हुने देखिएको छ।

 




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।