प्रधानमन्त्री ओलीसँगै २२ मन्त्रीले गरे शपथ ग्रहण, काे काे भए मन्त्री ?

Jul 15, 2024 12:32 PM Merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । साेमबार नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिएका हुन् ।

ओलीसँगै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शपथ लिएका थिए। यसैगरी, उनकाे नेतृत्वको सरकारमा १९ मन्त्रीले पनि शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओली लगायत उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६९२० अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।

ओली नेतृत्वको सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले आफ्ना मन्त्री सरकारमा पठाएका छन्।

प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । 

नवनियुक्त मन्त्रीहरू यी हुन् :

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री : प्रकाशमान सिंह

उपप्रधानमन्त्री तथा अर्थमन्त्री ः विष्णु पौडेल

सञ्चारमन्त्रीः  पृथ्वी सुब्बा गुरुङ

गृहमन्त्री ः रमेश लेखक 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा : शरदसिंह भण्डारी

परराष्ट्रमन्त्री : डा. आरजु देउवा 

खानेपानीमन्त्री : प्रदीप यादव 

भूमि व्यवस्था मन्त्री : बलराम अधिकारी

उद्योग मन्त्री : दामोदर भण्डारी

महिला तथा बालबालिकामन्त्री : नवलकिशोर शाह

भौतिक पूर्वाधारमनत्री : देवेन्द्र दाहाल

युवा तथा खेलकुदमन्त्री : तेजुलाल चौधरी

स्वास्थ्य तथा जनसंख्यामन्त्री : प्रदीप पौडेल

कानूनमन्त्री : अजय चौरसिया

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री : बद्रीप्रसाद पाण्डे

कृषिमन्त्री : रामनाथ अधिकारी 

शिक्षामन्त्री : विद्या भट्टराई

रक्षामन्त्री : मानवीर राई

उर्जा : दिपक खड्का

संघीय व्यवस्थामन्त्री : राजकुमार गुप्ता

बनमन्त्री : ऐनबहादुर शाही ठकुरी




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।