प्रि ओपन सेसन अपडेटः साढे २ अंक बढ्यो नेप्से

Jul 16, 2024 10:53 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १७.१८ अंक घटेर २२४०.४१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६५ अंक बढेर २२४३.०६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५१ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४६ स्टकको ९० पटकको कारोबारमा ६४ लाख ६ हजार ६५८ रुपैयाँ ७० पैसाबराबरको १२ हजार ८२८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।