पहिराेका कारण बन्द भएको बाराही हाइड्रोपावरको विद्युत उत्पादन पुनः सुचारु

Jul 16, 2024 12:10 PM Merolagani



बाराही हाइड्रापावरबाट विकास र निर्माण गरेको ठेउले खोला जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ।

बाग्लुङ्ग जिल्ला, जैमिनी नगरपालिकाको कुश्मीसेरास्थिर ठेउले खोलामा निर्माण गरिएको १‍.५ मेगावाटको सो आयोजनामा गत असार २२ गते गएको पहिरोले इनटेक र ग्राभल ट्रापको बीचको संरचनामा क्षति पुगेको थियो। जसपश्चात आयोजनाबाट विद्युत उत्पादन पूर्णरुपमा बन्द भएको थियो।

मर्मत कार्यपश्चात साउन १ गते राती करिब २ बजेदेखि सो आयोजनबाट आंशिक रुपमा विद्युत उत्पादन सुचारु भएको कम्पनीले बताएको छ।

 





राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।