पहिराेका कारण बन्द भएको बाराही हाइड्रोपावरको विद्युत उत्पादन पुनः सुचारु

Jul 16, 2024 12:10 PM Merolagani



बाराही हाइड्रापावरबाट विकास र निर्माण गरेको ठेउले खोला जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ।

बाग्लुङ्ग जिल्ला, जैमिनी नगरपालिकाको कुश्मीसेरास्थिर ठेउले खोलामा निर्माण गरिएको १‍.५ मेगावाटको सो आयोजनामा गत असार २२ गते गएको पहिरोले इनटेक र ग्राभल ट्रापको बीचको संरचनामा क्षति पुगेको थियो। जसपश्चात आयोजनाबाट विद्युत उत्पादन पूर्णरुपमा बन्द भएको थियो।

मर्मत कार्यपश्चात साउन १ गते राती करिब २ बजेदेखि सो आयोजनबाट आंशिक रुपमा विद्युत उत्पादन सुचारु भएको कम्पनीले बताएको छ।