लोभले लाभ, लाभले विलाप: शेयर बजारको नाममा ठगीमा परिन् एक महिला, २० लाख भन्दा धेरै डुबाइन्

Jul 17, 2024 02:25 PM Merolagani



साइबर ठगीका हरेक दिन नयाँ नयाँ घटना सार्वजनिक भइरहेका छन् । त्यसमध्ये पछिल्लाे पटक शेयर बजारसँग सम्बन्धित नयाँ ठगीकाे घटना सार्वजनिक भएको छ । भारतको मुम्बईमा एक महिलालाई साइबर अपराधको शिकार बनाइएको हाे ।

ती भारतीय महिलालाई साइबर ठगहरुले केहि दिनमा थाेरै रुपैयाँलाई डबल हुने सपना देखाएका थिए । त्यसपछि, उनीहरूले महिलालाई अनलाइन कारोबारका बारेमा सिकाए । यसरी कारोबार गर्दा धेरै कमाई हुने उनलाई लोभ पनि देखाइएको थियो ।

लोभले लाभ, लाभले विलाप

यसरी, ४२ वर्षीय ती महिला ठगहरुको जालमा फसिन् । उक्त ठगीमा परेर उनले १३ लाख भारतीय रुपैयाँ (करिब २० लाख ८० हजार नेपाली रुपैयाँ) गुमाइन् ।

खासमा के हो त यो कारोबारको स्क्याम ?

इन्स्टाग्राममा देखेकी थिइन् मेसेज

यस विषयमा ती महिलाले प्रहरीकाेमा उजुरी पनि दिएकी थिइन् । उनका अनुसार  एक दिन इन्स्टाग्राम चलाइरहेको समयमा उनले अनलाइन ट्रेडिंग स्क्यामको विज्ञापन देखेकी थिइन् ।

पैसा डबल गर्ने लोभले डुबायो

यसैगरी, ठगहरूले उनलाई उच्च प्रतिफलको लोभ दिएका थिए । थोरै लगानी गर्दा केहि दिनमै रकम दोब्बर हुने लोभ पनि उनलाई देखाइएको थियो । साेहि लोभमा परेर ती महिला फसिन् र उनले त्यस लिंकमा क्लिक पनि गरिन्।

व्हाट्सएप ग्रुपमा राखियो

भारतीय संचारमाध्यमका अनुसार ती महिलाले विज्ञापनमा क्लिक गर्दा उनलाई एक व्हाट्सएप ग्रुपमा समावेश गरिएकाे थियाे । उक्त ग्रुपमा शेयर बजारसँग सम्बन्धित टिप्स दिइने गरिएकाे उनले बताइन् ।

१२ कारोबारमा लुटियो यति रुपैयाँ

त्यसपछि, साइबर ठगीको यो खेल महिलासँग खेल्न सुरू भयाे । यसैबीच, उनले १२ ट्रान्जेक्सनमा १३.८३ लाख भारतीय रुपैयाँ ट्रान्सफर गरेकी थिइन् ।

कहिले भयो भण्डाफोर ?

ती महिलाले यस साइबर ठगीको बारेमा पछि मात्र पत्ता लगाइन् । उनले आफ्नो पैसा निकाल्ने कोशिस गर्दा मात्र यसबारेमा थाहा पाएकी थिइन्। तर उनले यस काेशिसका बाबजुद पनि पैसा निकाल्न सकिनन् । अनि मात्र आफू ठगीमा परेको उनलाई महसुस भयो ।

थप रकम मागियो

यधपी त्यसपछि पनि विवरण माग्दा पीडित महिलालाई करका रुपमा ३० प्रतिशत बापत तीन लाख ९० हजार भारतीय रुपैयाँ दिन भनियो । तर उनले ठगहरुलाई उक्त रकम दिन अस्विकार गरिन् । उनले पैसा दिन नमानेपछि उक्त ग्रुपबाट नै उनलाई निकालिएकाे उनले संचारमाध्यमसँग बताएकी छिन् ।

एजेन्सीकाे सहयाेगमा ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।