रिसेप्सनमा अनन्त अम्बानीकाे घडीको प्रशंसा, ५३ करोड पर्ने घडीमा के छ त्यस्ताे ?

Jul 18, 2024 06:40 PM Merolagani



मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको विवाह विश्वभर नै चर्चाको विषय बन्यो । धुमधामले महिनाैंदिनसम्म चलेको यस विवाहका बारेमा अनेकाैं विषयको चर्चा भयो । 

यस्तै, मानिसहरुका लागि चाख लाग्दो कुरा बन्यो, अनन्तको महंगो घडी । यतिबेला, उनको यो बहुमूल्य घडीले मानिसहरुको ध्यान तान्न सफल भएको छ ।

कैयौं घडीहरुको छ कलेक्सन

अनन्त अम्बानी र राधिका मर्चेण्टको विवाह भन्दा पहिले मार्क जुकरबर्ग र उनकी श्रीमतीले समेत अनन्तको घडीको प्रशंसा गरेका थिए । उनीहरुले आश्चर्य मान्दै अनन्तको घडी हेरेको र यस बारेमा कुराकानी गरेको भिडियो समेत एक समय भाइरल बनेको थियो ।

यसरी, फरक फरक समयमा अनन्त अम्बानीले कैयौं घडीहरु लगाएका छन् । जुन समाचारकाे शिर्षक पनि बन्याे ।

फेरि अर्को भिडियो बन्यो चर्चित

हालसालै अनन्तकाे अर्को भिडियो सार्वजनिक भएको छ । साे भिडियाेमा उनको हातमा अत्यन्तै महंगो घडी देख्न सकिन्छ । उक्त भिडियो अनन्त र राधिकाको रिसेप्सनको हो । उनको हातमा देखिएको घडी पाटेक फिलिप ग्राण्ड कम्पलीकेसन्स ५३७४/३०० पी हो । यो घडीको मूल्य असाध्यै चर्को रहेको छ ।

लगाउँछन् विश्वकै महंगाे र उत्कृष्ट घडी

पाटेक फिलिप स्विट्जरल्याण्डस्थित जेनेभामा रहेकाे घडी उत्पादन गर्ने कम्पनी हाे । विश्वकै महंगाे र उत्कृष्ट  घडी उत्पादनका लागि याे कम्पनी लाेकप्रिय पनि छ । पाटे फिलिप सन् १८३९ मा स्थापना गरिएकाे थियाे । यस कम्पनीकाे नाम संस्थापक एन्टाेनी पाटेक र एड्रियन फिलिपकाे नामबाट राखिएकाे थियाे । सन् १९३२ देखि भने याे कम्पनी स्विट्जरल्याण्डकाे स्टर्न परिवारले संचालन गरिरहेका छन् ।

कति छ यो घडीको मूल्य ?

यस घडीको खुद्रा मूल्य १५ लाख डलर अथवा २० लाख नेपाली रुपैयाँ भन्दा धेरै पर्दछ । यद्यपी, अहिले यो घडीको बजार मूल्य ४० लाख डलर अथवा ५३ करोड ४५ लाख भन्दा धेरै पर्ने देखिन्छ ।

हिरा र सफायरको प्रयोग

पाटेक फिलिपले सन् २०२२मा यो घडी पहिलो पटक सावेजनिक गरेको थियो । यस घडीमा प्लाटिनम केस र ब्लूडायल रहेको छ ।

यसैगरी, पाटेक फिलिपको याे घडीमा हिरा र सफायर वा नीलमणीको प्रयोग गरिएको छ । यसलाई प्लाटिनम केसमा प्याक गरिएको छ ।

के के छ यसको फीचर ?

यस घडीको स्ट्रयाप वा फिता नै एलिगेटर ब्याण्ड हो । यसकासाथै, यो घडीमा अन्य कैयौं सुविधा पनि पाउन सकिन्छ । क्यालेण्डर, लीप ईयर, मुन फेज, महिना, मिति र समयको घण्टा, मिनेट र सेकेण्डसम्मको यो घडीले जानकारी दिन्छ ।

२ रङमा उपलब्ध

अम्बानीले लगाएको घडी स्क्र्याच रेसिस्टेण्ट छ । किनकी यसमा सफायर क्रिस्टलको प्रयोग गरिएको छ । याे घडी ४२ एमएमको छ भने यो प्लाटिनम र व्हाइट गोल्ड रङमा पाउन सकिन्छ ।

एजेन्सीकाे सहयाेगमा ।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।