शुक्रबार बिहान आएको क्राउडस्ट्राइक फाल्कन (Crowdstrike Falcon) अपडेटका कारण यस्ताे समस्या उत्पन्न भएकाे हाे ।
साेहि समस्याकै कारण विश्वका प्रमुख बैंकहरू, शेयर बजार, संचारमाध्यमहरू र एयरलाइन्सहरू लगायतकाे सेवा अवरूद्ध भएकाे छ । माइक्राेसफ्ट र क्राउडस्ट्राइककाे सेवा ठपप हुँदा शेयर बजारका लगानीकर्तामाथि पनि असर परेकाे छ । विश्व शेयर बजारका कैयाैं ब्राेकर कम्पनीहरूकाे सेवा प्रभावित बनेकाे छ ।

लन्डन स्टक एक्सचेन्जको कार्यक्षेत्र समाचार र डाटा प्लेटफर्म पनि माइक्रोसफ्ट आउटेजबाट प्रभावित भएको थियो। साेही समयमा, माइक्रोसफ्टको समस्याले भारतीय शेयर बजार बीएसई र एनएसईमा भने हालसम्म कुनै समस्या देखिएकाे छैन। यद्यपि, बैंक र एयरलाइन्स लगायत विश्वभरका माइक्रोसफ्ट प्रयोगकर्ताहरूले व्यापक आउटेज भएको बताएका छन्।
यतिबेला अमेरिकाका धेरै एयरलाइन्सहरूले विश्वभर नै आफ्ना उडानहरू रद्ध गरेका छन्।अष्ट्रेलियामा विशेषगरि, प्रसारण नेटवर्कहरूमा समस्या भएको देखिएको छ। स्काई न्यूज यूके यहिँ समस्याका कारण केहि समय पूर्ण रूपमा बन्द पनि भएकाे थियाे। बीबीसीका अनुसार याे आउटेजको कारण ठ्याक्कै यहिँ भन्न नसकिए पनि अधिकांश समस्या माइक्रोसफ्ट पीसी अपरेटिङ सिस्टमसँग सम्बन्धित रहेकाे बताइएकाे छ । बिहीबार आधिकारिक माइक्रोसफ्ट ३६५ सर्भिस सेवाले एक्समा पोस्ट गर्दै प्रयोगकर्ताहरूले विभिन्न माइक्रोसफ्ट ३६५ एप्स र सेवाहरूमा पहुँच पाउन असक्षम भइरहेकाे भन्ने समस्याको अनुसन्धान गरिरहेकाे लेखेकाे थियाे । यद्यपि, शुक्रबार बीबीसीसँग माइक्रोसफ्टका प्रवक्ताले केहि घण्टा अघि नै धेरै सेवाहरू रिकभर गरिसकेकाे बताएका छन् । धेरैजसाे लाइसेन्स पाएका विन्डोज १० र ११ सिस्टममा सञ्चालित कम्प्युटरहरूमा यस्ताे समस्या देखिएकाे छ ।
नेपालका विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूको सेवा पनि यस अपटेडका कारण अवरुद्ध भएको छ। खासगरी, क्राउडस्ट्राइक अपडेट इन्स्टल गर्दा प्रयोगकर्ताहरूले ब्लु स्क्रिन अफ डेथ (बीएसओडी) इरर देखिएको बताएका छन् । कम्प्युटर अन गरिसक्दा स्क्रिनमा निलो मात्र देखिने उनीहरूले गुनासाे गरेका छन् । नेपाल टेलिकम, एनसेल तथा प्रायः सबैजसो बैङ्कहरूमा यहिँ प्रणालीकाे प्रयोग हुने गरेकाे छ ।