घटेको बजार माग र सरकारको तौर तरिकाले व्यवसायी मरिचझै चाउरिएका छन्ः प्रधानमन्त्री ओली

Jul 21, 2024 02:01 PM Merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले घटेको बजार माग र सरकारको तौर तरिकाले व्यवसायी मरिचझै चाउरिएकाे बताएका छन्। संसदमा विश्वासको मत माग्ने क्रममा उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले विगतमा सरकारले व्यवसायीहरुलाई 'पहिला थुन्ने अनि सुन्ने' गुनासो बढेको बताए। यस्तै बजारमा समग्र मागमा कमी आउदा समेत व्यवसायीहरु खुम्चिएको बताए।

यस्तै उनले व्यवसायीहरु बैंकमा पैसा थुप्रिदा पनि कर्जा लिन तयार नभएको बताएका छन्। "कर्जा विस्तार घटेको घट्यै छ। राष्ट्र बैंकलको लक्ष्य नै ११.५ भएकोमा विस्तार ५ प्रतिशत मात्रै कर्जा विस्तार भएको छ," उनले भने ।

यस्तै पछिल्लो समय कालो सूचीमा पर्नेको सँख्या समेत बढ्दो क्रममा रहेको बताए।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।