एक खराब रिभ्यूले भयाे कम्पनीकाे व्यापार डामाडाेल, कारण यस्ताे !

Jul 21, 2024 06:03 PM Merolagani



एमाजनमा वासेबल स्विम डायपर बिक्री गर्ने एक परिवारको व्यवसाय समस्यामा परेकाे छ र यसको कारण ग्राहकको खराब समीक्षा अथवा रिभ्यू हो। हो, रिभ्यूकै कारण कम्पनीले ठूलो घाटा बेहोर्नु परेकाे छ ।

ब्लूमबर्गकाे रिपोर्ट अनुसार वाशेबल स्विम डायपरका मालिकद्वय पल र रेचल ब्यारनले उनीहरूको मिलियन डलरको कम्पनीलाई एउटा वन स्टार रेटिङले बर्बाद गरेकाे बताएका छन्।

खासमा, सन् २०२० देखि उनीहरूकाे खराब दिन सुरु भएको बताइन्छ । यसकाे कारण एमाजनकाे एउटा वन स्टार रेटिङ रिभ्यू मात्र हाे। तर एक रेटिङका ​​कारण कम्पनीले कसरी करोडौं घाटा बेहोर्नुप-याे त ?

एक रिभ्यूले कसरी भयाे व्यापार डामाडाेल?

व्यापार नै डामाडाले हुने गरी के भएकाे थियाे त ? वास्तवमा, ग्राहकले पाएकाे त्याे डायपर दिसाकाे दागले भरिएको थियो। इ-कमर्स वेबसाइट एमाजनले यसलाई नयाँ डायपरको रूपमा पुनः बिक्री गर्नु अघि यसकाे जाँच गर्नै बिर्सिएकाे थियाे।

फोहोर डायपरकाे तस्बिरसँगै दिइएकाे यस रिभ्यूलाई उपभाेक्ताले उपयोगी भन्दै मार्क गरे। जसकारण यो रिभ्यू भयानक देखिन थाल्याे। यो समीक्षा एमाजनको सिस्टममा यति हावी भयाे कि यसले सयौं राम्रो रिभ्यूहरूलाई नै ओझेलमा पा-याे ।

एमाजनको नीतिले के भन्छ?

एमाजनको नीति अनुसार, कुनै पनि पुन: बिक्री गर्नुअघि, सबै फिर्ता गरिएका वस्तुहरूकाे निरीक्षण गरिन्छ। तर यस प्लाटफर्ममा प्रयोग गरिएका सामानहरू नयाँ रूपमा बेच्नु नै बढ्दो समस्या भएकाे एक सल्लाहकारले ब्लूमबर्गलाई बताएका छन् ।

एमाजनका एक पूर्व कर्मचारीका अनुसार ठूलो संख्यामा फर्किएका सामानको राम्रोसँग छानबिन गर्न निकै कठिन छ।

ब्यारन दम्पतीले बारम्बार अपील गरे पनि, एमाजनले वर्षौंसम्म उक्त समीक्षा हटाउन अस्वीकार गरेकाे थियाे। तर अहिले ब्लूमबर्गको रिपोर्ट प्रकाशित भएपछि भने कम्पनीले उक्त समीक्षा हटाएको छ।

उक्त रिभ्यूले उनीहरूको व्यवसायलाई "भूत" जस्तै सताइरहेको ब्यारन्सकाे भनाइ छ । उनीहरू भन्छन्, "यो भन्दा थप घृणित केहि हुन सक्दैन । मलाई लाग्छ कि कसैले यसकाे प्रयोग गरेर फिर्ता गरेकाे थियाे र कम्पनीले उक्त सामाग्रीकाे जाँच गरेन र नयाँ रूपमा फेरि हामीलाई पठाइदियाे। ती दागहरू साना पनि थिएनन्।"

एजेन्सीकाे सहयाेगमा ।




comments powered by Disqus

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

Oct 08, 2024 10:15 AM

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।