मन्त्रिपरिषदकाे बैठकले गर्याे शेयर तथा ऋण लगानी नीति स्वीकृत लगायतका निर्णयहरु

Oct 08, 2024 03:05 PM Merolagani



मन्त्रिपरिषदकाे बैठकले शेयर तथा ऋण लगानी नीति २०८१ स्वीकृत गरेको छ । स्वीकृत लगायतका निर्णयहरु गरेकाे छ । साेमबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

यसैगरी सरकारले आर्थिक सुधार सुझाव आयोग गठन गरेको छ । पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा ५ सदस्यीय सो आयोग गठन गरेको हो ।

मंगलवार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समग्र अर्थतन्त्रको सुधारका लागि राय दिने कार्यादेशसहित सो आयोग गठन गर्ने निर्णय सरकारले गरेको बताए।

त्यसैगरी बैठकले थप ५७ वटा अहिलेसम्म खुला नभएका हिमालहरुलाई आरोहणका लागि खुला गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका थप हिमालहरुको आरोहणका लागि अनुमति दिने निर्णय पनि गरिएको बताए ।

सरकारले २०८१ कार्तिक १९ देखि २३ सम्म इजिप्टको कायरोमा आयोजना हुने वल्र्ड अरबान फोरम सम्मेलनमा सहभागी हुनका लागि उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई पठाउने निर्णय पनि गरेको छ । त्यसैगरी २०८१ कार्तिक १ देखि ३ गतेसम्म रशियामा आयोजना हुने २२ औं इन्टरनेशनल स्पोर्ट्स फोरममा सहभागी हुन युवा तथा खेलकुदमन्त्री तजुलाल चौधरीलाई पठाउने प्रस्ताव पनि मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको छ ।

प्रवक्ता गुरुङले भने, ‘मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रको सुधारका लागि राय सहितको प्रतिवेदन पेश गर्न पूर्वसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा ५ सदस्यीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने निर्णय गरेको छ । त्यस्तै प्रकारले चालु आर्थिक वर्ष २०८१-८२ का लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तगत विभिन्न आयोजना र निकायका लागि कूल २६६ राजपत्रांकित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने । गत वर्ष २७८ थियो । अहिले २६६ भएका छन । २०८१ कार्तिक १ देखि ३ गतेसम्म रशियामा आयोजना हुने २२ औं इन्टरनेशनल स्र्पोटस फोरममा सहभागी हुन माननीय युवा तथा खेलकुद मन्त्रीलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको छ । नेपालमा हिमालै हिमालको देश भनिएपनि अझै पनि हाम्रा धेरै हिमालहरु पर्वतारोहणका लागि खुला गरिएको छैन । यस पटक नेपाल सरकारको यो निर्णयमा संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय अन्तर्गत रहेका हिमालहरुको आरोहणका लागि थप ५७ वटा अहिलेसम्म खुला नभएका हिमालहरुलाई आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ । त्यस्तै प्रकारले हुलाक सेवा विभाग र त्यस अन्तर्गतका निकायहरुको संगठन संरचना र दरबन्दी स्विकृत गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको दूर सञ्चार दशौं संशोधन नियमावली २०८१ पनि स्वीकृत भएको छ । २०८१ कार्तिक १९ देखि २३ सम्म इजिप्टको कायरोमा आयोजना हुने वल्ड अरबान फोरम सम्मेलनमा माननीय उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्रीलाई सहभागी हुने प्रश्ताव पनि स्वीकृत गरिएको छ । सेयर तथा ऋण लगानी नीति २०८१ स्वीकृत भएको छ ।’




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।