नयाँ सरकारको समीकरण परिवर्तनसँगै ३२ प्रतिशतले बढ्यो बैकिङ समूह, किन बढ्दैछ? अब बुल रनमा लैजाने सेक्टर बैकिङ नै हो ?

Jul 22, 2024 06:34 AM Merolagani



एमाले कांंग्रेस मिलेर एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने सहमति गरेसँगै नेप्से परिसूचक एकोहोरो गतिमा बढिरहेको छ । प्रचण्ड सरकार ढलेर ओली सरकार बन्ने र त्यसको अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चासँगै बढ्न थालेको शेयर बजार बढेसँगै १५ अर्बको हाराहारीमा कारोबार हुन थालेको छ ।



गत असार १६ गते २०३७ विन्दुमा रहेको नेप्से परिसूचक बिहीबार साउन ६ गतेसम्म २२ प्रतिशतले बढेर २४ सय ८५ विन्दुमा पुगेको छ । शेयर बजारका १२ वटा समूहमध्ये सबैभन्दा धेरै घटेको, सबैभन्दा धेरै चुक्ता पुँजी भएका कम्पनीहरु रहेको वाणिज्य बैंक समूह नै यसपटकको स्वीङमा सबैभन्दा धेरैले बढेका छन् । वाणिज्य बैंकलाई क्रमशः विकास बैंक, व्यापार, जीवन बीमा, होटल, लगानी, इन्भेष्टमेन्ट, हाइड्रोपावर, माइक्रोफाइनान्स, ननलाइफ इन्स्योरेन्स, फाइनान्स, अन्य र उत्पादनमूलक समूहले क्रमशः पछ्याएको छ । छोटो अवधिमा सबैभन्दा धेरै वाणिज्य बैंक समूह बढेको छ भने सुस्त गतिमा म्युचुएल फन्ड बढेको छ ।

३२ सयसम्म पुगेको नेप्से परिसूचक १८ सयमा झर्दा सबैभन्दा धेरै घटेको सेक्टर वाणिज्य बैंक समूह हो । उच्च विन्दुबाट गणना गर्दा नेप्से परिसूचक न्यून विन्दुमा पुग्दा वाणिज्य बैंक परिसूचक ५० प्रतिशतभन्दा धेरैले घटेको थियो । २१ सय ९२ को उच्च विन्दुमा पुगेको बैकिङ परिसूचक १ हजार १५ विन्दुसम्म झरेको थियो भने आइतबार बजार बन्द हुँदासम्म १४ सय १४को विन्दुमा आइपुगेको छ । वाणिज्य बैंक सूचक ३२ प्रतिशतले बढेको छ ।

शेयर विश्लेषक सुवासचन्द्र ढुंगानाले सबैभन्दा धेरै घट्नु नै बैकिङ सेक्टर पछिल्लो समय वाणिज्य बैंकमा आकर्षण रहेको प्रमुख कारण रहेको बताउँछन् । ‘विगत दुई वर्षमा अन्य सेक्टरमा ठूलो उतार चढाव आउँदा पनि वाणिज्य बैंक भने एकोहोरो घटिरहेको थियो ।’–उनले भने–‘ न्यून पुँजीका अन्य सेक्टरका कम्पनीहरु भटाभट बढ्दा अन्य सेक्टरका कम्पनीको मूल्य उच्च भइसकेको थियो भने बैकिङ सेक्टर अन्डर भ्यालुड नै थियो । त्यसैले पनि बैकिङ सेक्टर बढ्न गएको हुन सक्छ ।’

साधारणतया बैकहरुले विभिन्न शर्तहरु पुरा भएका कम्पनीको शेयर मात्रै धितोमा लिएर त्यसबापत् शेयर धिर्ता कर्जा दिने गर्दछ । नेप्सेमा १ वर्षका कारोबार भएको, नेटवर्थ सकारात्मक रहेको लगायतका प्रावधान भएका कम्पनीहरुको शेयर मात्रै धितोमा जान्छन् । तुलनात्मक रुपमा सकारात्मक प्रति शेयर आम्दानी, सकारात्मक नेटवर्थ र राष्ट्र बैंकले तोकेको सम्पूर्ण प्रावधानहरु पुरा गर्न सक्ने सेक्टरका कम्पनीमा अधिकांश बैकिङ समूहको शेयर पर्ने गर्दछ । बैकिङ समूहको शेयर मूल्य पनि तुलनात्मक रुपमा न्यून रहेको हुँदा भविष्यमा ऋण लिनको लागि धितो राख्ने प्रयोजनको लागि समेत बैकिङ सेक्टरमा लगानीकर्ताको चार्म बढेको उनले बताए ।

मौद्रिक नीतिमा १५ करोडदेखि २० करोडको मार्जिन कर्जा सीमा हट्ने र १ सय २५ प्रतिशतको जोखिम भार समेत हटेर पुँजी बजारमा रहेको सबै बन्धनहरु हट्ने अपेक्षा लगानीकर्ताले गरेका छन् । यदि लगानीकर्ताले सोचेको जस्तो मौद्रिक नीति आएको खण्डमा अहिलेको मूल्यमा बैकिङ सेक्टरजस्तो अरु सेक्टर नहोला भनेर बैकिङ सेक्टरलाई एक्युमुलेसन गरेको रुपमा समेत विश्लेषक ढुंगानाले अनुमान लगाए ।

नेप्से परिसूचक ३२ सयसम्म पुग्दाको बुलमा सबैभन्दा धेरैले घटेको हाइड्रोपावर सेक्टरले नेप्सेलाई ३२ सयसम्म दोहोर्याएको थियो । अबको बुलमा वाणिज्य बैकले नै नेप्सेलाई नयाँ उचाईमा लैजान सक्ने सम्भावना समेत उनले औल्याए ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।