प्रि ओपन सेसन अपडेटः करिब साढे ५ अंक बढ्यो नेप्से

Jul 22, 2024 10:55 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ६१.६१ अंक बढेर २४८५.९४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.२३ अंक बढेर २४९१.१७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.१६ अंक बढेको छ।

साेमबार प्रि ओपन सेसनमा ६७ स्टकको १४३ पटकको कारोबारमा ४० लाख ९७ हजार ९ रुपैयाँ ३५ पैसाबराबरको १४ हजार ३६० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४३ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ। बाँकी १२ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।