प्रि ओपन सेसन अपडेटः करिब साढे ५ अंक बढ्यो नेप्से

Jul 22, 2024 10:55 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ६१.६१ अंक बढेर २४८५.९४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.२३ अंक बढेर २४९१.१७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.१६ अंक बढेको छ।

साेमबार प्रि ओपन सेसनमा ६७ स्टकको १४३ पटकको कारोबारमा ४० लाख ९७ हजार ९ रुपैयाँ ३५ पैसाबराबरको १४ हजार ३६० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४३ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ। बाँकी १२ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




तिहार बिदापछिकाे पहिलाे काराेबार दिन कतिमा हुँदैछ सुन र चाँदीकाे काराेबार?

Oct 26, 2025 11:01 AM

कार्तिक ९ गते, आईतबार, तिहार पछिको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २६५ रुपैयाँले घटेको छ ।