डेडिकेटेड र ट्रंक लाईन विवादमा उद्योगी पक्षमा प्रधानमन्त्री, सबै सेक्टर घटदा पनि सिमेन्ट कम्पनीमा चमक

Jul 22, 2024 01:03 PM Merolagani



सबै सेक्टर राताे हुँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाईन विवादको विषयमा उद्योगीको पक्षमा उभिदा दोस्रो बजारमा उत्पादन तथा प्रशोधन समूह हरियाे भएकाे छ ।

प्रधानमन्त्रीले प्राधिकरण र उद्योगीबीच केही वर्षदेखि जारी डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीहरुको पक्षमा बोलेपछि बजारमा त्यसको सकारात्मक प्रभाव परेको हो ।

पछिल्ला केहि दिनदेखि नेप्से निरन्तर रुपमा बढेको छ । यो अवस्थामा डेडिकेटेड र टंक लाईन विवादको कारण उत्पादनमूलक कम्पनीको मूल्यमा उल्लेख्य सुधार हुन सकेको थिएन । याे समाचार तयार पार्दासम्म सोमबारको बजारमा नेप्से सूचक २७ अकंले करेक्सन भएको छ । यद्यपि उत्पादनमूलक कम्पनी समूहमा भने १.६८ प्रतिशत भन्दा बढी बढेर कारोबार भइरहेको छ ।

हिजाे प्रधानमन्त्री ओलीले उद्योगीले बालेको बिजुलीको पैसा तिर्नुपर्छ र नबालेको बिजुलीको पैसा तिर भन्न नमिल्ने बताएका थिए ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।