एनसीएचएलले आ.व. २०७९/८० को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा उक्त पुरष्कार प्रदान गरिएको हो ।

अघिल्ला वर्षहरुमा समेत एनसीएचएलले ICAN तथा साउथ एसियन फेडेरेसन अफ अकाउण्टेण्ट्स (SAFA) बाट 'बेस्ट प्रिजेण्टेड एनुयल रिपाेर्ट अवार्ड्स' पुरष्कार प्राप्त गर्दै आएको छ । एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरुद्वारा प्रवर्द्धित कम्पनी हो । एनसीएचएलले हरेक वर्ष पारदर्शि रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तीय डिस्क्लोजर तर्फको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ ।
एनसीएचएलले आफ्ना ५२ सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत एनसीएचएल-इसीसी, एनसीएचएल-आईपीएस, रिटेल पेमेण्ट स्विच (आरपीएस), कनेक्ट आरटीजीएस, नेशनल पेमेण्ट्स इन्टरफेस(एनपीआइ) , कनेक्ट आइपीएस , कर्पाेरेट पे र नेपाल पे क्यूआर प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । साथै यसमा इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायत १०० भन्दा बढी इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध रहेका छन् । हाल एनसीएचएलले एनपीएस अन्तर्गत नेशनल कार्ड स्विच र नेपाल पे कार्ड पनि कार्यान्वयन गर्ने क्रममा रहेको छ ।