रहस्यमय तरिकाले भयाे पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या, जग्गाको विवादकाे विषयले नै ज्यान गएकाे हाे ?

Jul 22, 2024 02:17 PM Merolagani



पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । आईतबार राती सर्लाहीको चन्द्रनगर गाउँपालिका१ स्थित रायकै घरमा उनको हत्या भएको हो । ८० वर्षका रायको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको हो । ३० वर्षअघि उनी राप्रपाबाट भूमिव्यवस्था राज्यमन्त्री बनेका थिए । 

रायको घरमा उनीसँगै सहयोगी राम उदेन राय पनि बस्ने गरेका थिए । गए राती करिब साढे ८ बजे राय श्राद्धबाट घर फर्किएका थिए । राम उदेनका अनुसार साढे ९ बजेतिर पूर्व राजयमन्त्री रायलाई भेट्न तीन जना व्यक्ति उनको घरमै आएका थिए ।

ती व्यक्तिहरुले पटकपटक रायसँग जग्गाको विवाद मिलाइदिन आग्रह गरेका थिए । यससँगै उनीहरुले रायलाई उक्त जग्गाको विवाद कहिले मिल्छ भन्दै प्रश्न समेत गरेका थिए । जसको जवाफ स्वरुप रायले मिलाउला नि भनेका थिए ।

त्यसपछि, राम उदेनले नै ती व्यक्तिहरुलाई पानी पिउन दिएका थिए । उनले प्रहरीलाई दिएको जानकारी अनुसार उनीहरु सोहि घरमा रात बिताउने भएपछि राम उदेन आफ्नो कोठामा सुत्न लागेका थिए । तर राय र तीन जना एकआपसमा जग्गाकै विषयमा गफ गरिरहेको सहयोगीले सुनेको प्रहरीसँग बताएका छन् ।

तर मध्यरातमा पिसाब गर्न उठेका राम उदेनले आफ्ना मालिकको कोठाको ढोका खुल्लै देखे । जसपश्चात टर्च बालेर हेर्दा पूर्वराज्यमन्त्री रायको हत्या भइसकेको थियो । राय रगतमा लतपतिएको देखेका सहयोगी राम उदेनले तुरुन्तै आफन्तलाई खबर गरेका थिए ।

अहिले रायको शव पोष्टमार्टमका लागि मलंगवा पठाइ सकिएकाे छ । यस विषयमा प्रहरीले राम उदेनसँग थप सोधपुछ गरिरहेको छ भने अन्य अनुसन्धान पनि जारी छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।