रहस्यमय तरिकाले भयाे पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या, जग्गाको विवादकाे विषयले नै ज्यान गएकाे हाे ?

Jul 22, 2024 02:17 PM Merolagani



पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । आईतबार राती सर्लाहीको चन्द्रनगर गाउँपालिका१ स्थित रायकै घरमा उनको हत्या भएको हो । ८० वर्षका रायको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको हो । ३० वर्षअघि उनी राप्रपाबाट भूमिव्यवस्था राज्यमन्त्री बनेका थिए । 

रायको घरमा उनीसँगै सहयोगी राम उदेन राय पनि बस्ने गरेका थिए । गए राती करिब साढे ८ बजे राय श्राद्धबाट घर फर्किएका थिए । राम उदेनका अनुसार साढे ९ बजेतिर पूर्व राजयमन्त्री रायलाई भेट्न तीन जना व्यक्ति उनको घरमै आएका थिए ।

ती व्यक्तिहरुले पटकपटक रायसँग जग्गाको विवाद मिलाइदिन आग्रह गरेका थिए । यससँगै उनीहरुले रायलाई उक्त जग्गाको विवाद कहिले मिल्छ भन्दै प्रश्न समेत गरेका थिए । जसको जवाफ स्वरुप रायले मिलाउला नि भनेका थिए ।

त्यसपछि, राम उदेनले नै ती व्यक्तिहरुलाई पानी पिउन दिएका थिए । उनले प्रहरीलाई दिएको जानकारी अनुसार उनीहरु सोहि घरमा रात बिताउने भएपछि राम उदेन आफ्नो कोठामा सुत्न लागेका थिए । तर राय र तीन जना एकआपसमा जग्गाकै विषयमा गफ गरिरहेको सहयोगीले सुनेको प्रहरीसँग बताएका छन् ।

तर मध्यरातमा पिसाब गर्न उठेका राम उदेनले आफ्ना मालिकको कोठाको ढोका खुल्लै देखे । जसपश्चात टर्च बालेर हेर्दा पूर्वराज्यमन्त्री रायको हत्या भइसकेको थियो । राय रगतमा लतपतिएको देखेका सहयोगी राम उदेनले तुरुन्तै आफन्तलाई खबर गरेका थिए ।

अहिले रायको शव पोष्टमार्टमका लागि मलंगवा पठाइ सकिएकाे छ । यस विषयमा प्रहरीले राम उदेनसँग थप सोधपुछ गरिरहेको छ भने अन्य अनुसन्धान पनि जारी छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।