हाेटलका सांग्रिलाका संस्थापक अध्यक्ष श्यामबहादुर पाण्डेको निधन

Jul 22, 2024 02:32 PM Merolagani



हाेटलका सांग्रिलाका संस्थापक अध्यक्ष श्यामबहादुर पाण्डेको निधन भएको छ । काठमाडाैंकाे लाजिम्पाटमा रहेकाे पाँचतारे होटल सांग्रिलाका सञ्चालक पाण्डेकाे ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा देहान्त भएको हो ।

केही वर्षयता उनकाे स्वास्थ्यमा समस्या देखिएकाे थियाे । उपचारका क्रममा आज उनकाे निधन भएकाे हाे।

पाण्डेले ६० वर्षदेखि निरन्तर पर्यटन र होटल उद्योगको विकास तथा उन्नति गर्न लागि परेका थिए ।उनले ४० वर्ष अगाडि होटल सांग्रिलाकाे स्थापना गरेका थिए । उनकाे दिउँसो ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएकाे छ ।

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।