हाेटलका सांग्रिलाका संस्थापक अध्यक्ष श्यामबहादुर पाण्डेको निधन

Jul 22, 2024 02:32 PM Merolagani



हाेटलका सांग्रिलाका संस्थापक अध्यक्ष श्यामबहादुर पाण्डेको निधन भएको छ । काठमाडाैंकाे लाजिम्पाटमा रहेकाे पाँचतारे होटल सांग्रिलाका सञ्चालक पाण्डेकाे ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा देहान्त भएको हो ।

केही वर्षयता उनकाे स्वास्थ्यमा समस्या देखिएकाे थियाे । उपचारका क्रममा आज उनकाे निधन भएकाे हाे।

पाण्डेले ६० वर्षदेखि निरन्तर पर्यटन र होटल उद्योगको विकास तथा उन्नति गर्न लागि परेका थिए ।उनले ४० वर्ष अगाडि होटल सांग्रिलाकाे स्थापना गरेका थिए । उनकाे दिउँसो ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएकाे छ ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।