एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा लगानी गर्ने

Jul 22, 2024 03:52 PM Merolagani



प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग ९ करोड ५० लाख रूपैयाँको लगानी सम्झौतामा हस्ताक्षर गरेको छ । एनआईबिएल इक्विटी पार्टनर्स विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको र सेबोनद्वारा स्वीकृति प्राप्त कोष प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडको एकाइ हो ।

३१ असार, २०८१ मा हस्ताक्षर भएको यस साम्झौताले आधुनिक र उच्च–गुणस्तरको दुग्ध उत्पादनमा आफूलाई देशकै प्रथम स्थानमा स्थापित गर्ने चाहने डेलिज डेरिजको लक्ष्यलाई थप उर्जा प्रदान गरेको कम्पनीकाे भनाइ छ ।

यस लगानीले नेपाली बजारमा डेलिस ब्राण्डको स्थानलाई झनै मजबुत बनाउने कम्पनीकाे विश्वास छ।यो लगानी सम्झौताले एनआईबिएल इक्विटी पार्टनर्स र डेलिस डेरिजको रोमाञ्चक नयाँ अध्यायको सुरुवात गरेको र यस साझेदारीले नेपालमा विश्वास र गुणस्तरको ब्राण्ड बन्ने डेरिजको लक्ष्यलाई थप उर्जा दिने कम्पनीकाे भनाइ छ ।

यस लगानी सम्झौताले डेलिस डेरिजलाई चितवनमा रहेको आफ्नो हालको कारखानामा प्राविधिक रूपमा उन्नत मेसिनरीहरूको खरिद गरि डेरिजका स्वादिष्ट उत्पादनहरूको बढ्दो मागलाई पूरा गर्न सक्नुका साथै त्यहाँको हालको १०,००० लिटर प्रति दिनको क्षमतालाई उल्लेखनीय रूपमा वृद्धि गर्न सक्ने  कम्पनीकाे विश्वास रहेकाे छ ।

यसकासाथै, नयाँ परिकारहरूको उत्पादनका साथ नेपालभरका ग्राहकहरुलाई उत्कृष्ट स्वाद प्रदान गर्न सक्ने, बजारको पहुँचमा विस्तारः वितरण सञ्जालहरू बलियो बनाउँदै डेलिस उत्पादनहरूलाई नेपालभरका ग्राहकमाझ पुर्याउन सक्ने, देशकै अग्रणी चीज उत्पादकः आयातित विदेशी दुग्धको हालको निर्भरतालाई तोड्ने लक्ष्य सहित इलामको फिक्कलमा नयाँ अत्याधुनिक कारखाना निर्माण गर्न सक्ने कम्पनीले बताएकाे छ ।

घरेलु पूँजी बजारमा थप सकरात्मक प्रभाव पार्न आईपीओ निष्काशनको तयारी गर्न सक्ने पनि कम्पनीले जानकारी दिएकाे छ ।

एनआईएमबी एस क्यापिटल लिमिटेडका सीईओ शिवान्त बहादुर पाँडेज्युले यस सम्झौताबारे उत्साह व्यक्त गर्दै भने, “एनआईबीएल इक्विटी पार्टनर्स डेलीश डेरीसँग साझेदारी गर्न पाउँदा निकै हर्षित छ । डेलिज डेरिजको क्वालिटी, इनोभेसन र स्थानीय समुदायलाई सहयोग प्रदान गर्ने प्रतिबद्धता हाम्रो मिशनसँग पूर्ण रूपमा मेल खान्छ । यस लगानीले नेपाली उपभोक्ताहरूलाई फाइदा पुर्याउने, रोजगारी सिर्जना गर्ने र राष्ट्रको समग्र आर्थिक विकासमा सहयोग पुग्नेमा हामी ढुक्क छौँ ।”

डेलिस डेरिजका सह–संस्थापक र सीईओ सन्दीप पौडेलले आफ्नो उत्साह व्यक्त गर्दै भने, “एनआईबीएल इक्विटी पार्टनरको विशेषज्ञता र पूजीँ निष्काशनले हाम्रो विकासको मार्गमा उल्लेखनीय भूमिका खेलेको छ । यो साझेदारीले नेपालको अग्रणी दुग्ध उत्पादकको रूपमा रहेको हाम्रो स्थानलाई थप बलियो बनाउनेछ । यस लगानी मार्फत स्वदेशमा उत्पादित विभिन्न प्रकारका चिज र उच्च गुणस्तरका दुग्ध उत्पादन सहित डेलिसलाई एउटा प्रख्यात ब्रान्डको रूपमा स्थापित गर्न सहयोग पुर्याउने कुरामा हामी विश्वस्त छौं ।”




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।