इन्ट्रा डेमै सकियो करेक्सन

Jul 22, 2024 05:34 PM Merolagani



सोमबारको बजार इन्ट्रा डेमा करेक्सन भएर अन्तिममा समान्य अंक सकारात्मक भएर बन्द भएको छ । पछिल्ला केही कारोबार दिनदेखि निरन्तर बढेको बजारमा आज इन्ट्रा डे करेक्सन भएको हो ।

आगामी मौद्रिक नीतिले बजारका लागि लचिलो नीति लिने र बैंक तथा वित्तीय संस्थमा थुप्रिएर रहेकाे तरलता व्यावस्थापनमा सहयाेग पुग्ने संकेत गभर्नरबाट भएपछि बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताको आकाषर्ण बढेको हो । मौद्रिक नीति सार्वजनिक हुन अझै केही लिन लाग्ने भएपछि लगानीकर्ताहरुले नाफा सुरक्षित गरेका छन् भने करेक्सनको पखाईमा बसेका लगानीकर्ता बजार प्रवेश गर्दा बजारमा उचारचढाब भएको बुझाइ छ ।

इन्ट्रा डे मै नेप्से सूचकले पटक पटक २५ सयको मनोवैज्ञानिक विन्दुलाई परीक्षण गरेको छ । करेक्सनलाई सहजै पारगर्दा बजारले बढ्दो क्रमलाई निरन्तरता दिने लगानीकर्ताको विश्वास छ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।