तीन दिनमै सूर्योदय वोमी लघुवित्तको एफपीओ ४०५ गुणा भन्दा बढी माग

Jul 22, 2024 05:42 PM Merolagani



सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड(SWMF)को एफपीओ तीन कारोबार दिनमै ४०५ गुणा भन्दा बढी माग भएकाे छ । शुक्रबारदेखि निष्काशन गरिएको एफपीओमा हालसम्म एक करोड ८९ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको हो ।

सोमबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा १२ लाख ८८ हजार ८१८ जनाले आवेदन दिएकाे सीडिएस एण्ड क्लियरिंग लिमिटेडले जानकारी दिएकाे छ । लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता शेयर निष्काशन गरेको थियाे।

यसैगरी, आजसम्ममा लघुवित्तको एक करोड ८९ लाख ३१ हजार ९०० कित्ताका लागि एक अर्ब ८९ करोड ३१ लाख ९० हजार रुपैयाँ बराबरको एफपीओ माग भएको हो ।

सो शेयरका लागि भोलिसम्म आवेदन दिन सकिनेछ। लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।