चर्काे विराेधपछि पछि हटे मेयर बालेन, काठमाडौं महानगरपालिकाद्वारा न्यूरोडमा फुटपाथ विस्तार स्थगित

Jul 22, 2024 06:15 PM Merolagani



चर्काे विराेधपछि काठमाडौं महानगरपालिकाले केहि समयका लागि न्यूरोडमा फुटपाथ विस्तार गर्ने कार्य स्थगित गर्ने भएकाे छ । महानगरपालिका र न्यूरोडका स्थानियबीच सहमति भएसँगै निर्माण कार्य मंसिर २ गतेसम्मका लागि स्थगित भएकाे हाे ।

साेमबार महानगरकाे कार्यालयमा मेयर बालेन्द्र शाह (बालेन), उपमेयर सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनबीच छलफल भएको थियो ।

केहि दिनयता काठमाडाैं महानगरपालिकाले न्यूरोडमा फुटपाथ बढाउने कार्य थालेपछि वडा नं २२का स्थानीयबासीले विराेध गर्दै आन्दोलन गरिरहेका थिए । अवस्था तनावग्रस्त बन्दै गएपछि मेयर बालेन समेत बसेर छलफल गरिएकाे थियाे जसपश्चात मंसिर २ गतेसम्म काम रोक्ने सहमति भएको छ।

अहिले तत्काल काम रोकी उपमेयर सुनिता डंगोलको संयोजकत्वमा समिति बनाउने र उक्त समितिले दिने प्रतिवेदनको आधारमा अघि बढ्ने सहमति भएको काठमाडौँ महानगरपालिका २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनले बताएका छन् ।

यसैगरी, वडा नं २४मा फुटपाथ विस्तार भइसकेकाले यसका असरका बारेमा अब अध्ययन गरिने भएकाे छ । तर नम्बर वडा नं २२ र  २३मा सबै वस्तुस्थिति अध्ययन गरेपछि मात्र निचोड आउने र साेहि आधारमा मात्र अघि बढ्ने सहमति भएको हाे।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।