Fri, Mar 13, 2026
प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि (आईटी) विज्ञमा असगर अलीलाई नियुक्त गरिएकाे छ । अलीलाई निजी सचिवालयको अवैतनिक सूचना प्रविधि विज्ञ अर्थात् सेवा सुविधा नलिने गरी सचिवस्तरको विज्ञ पदमा नियुक्त गरिएकाे हाे ।
प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम अलि नियुक्त भएका हुन् । अहिले सूचना प्रविधि विद् अलीले नियुक्ति बुझेर काम सुरू गरिसकेका छन्। यसअघि, २०७४मा पनि ओलीकाे प्रधानमन्त्री कार्यकालमा अली सूचना प्रविधि विज्ञ बनेका थिए ।
नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।