Tue, Jan 13, 2026
प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि (आईटी) विज्ञमा असगर अलीलाई नियुक्त गरिएकाे छ । अलीलाई निजी सचिवालयको अवैतनिक सूचना प्रविधि विज्ञ अर्थात् सेवा सुविधा नलिने गरी सचिवस्तरको विज्ञ पदमा नियुक्त गरिएकाे हाे ।
प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम अलि नियुक्त भएका हुन् । अहिले सूचना प्रविधि विद् अलीले नियुक्ति बुझेर काम सुरू गरिसकेका छन्। यसअघि, २०७४मा पनि ओलीकाे प्रधानमन्त्री कार्यकालमा अली सूचना प्रविधि विज्ञ बनेका थिए ।
पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।