रकेटको गतिमा कुदेको बजारमा कुन शेयर किन्ने?

Jul 31, 2024 06:20 PM Merolagani



आज बजारमा कारोबार रकमले अहिलेसम्मकै ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस अघि बनेका २१ अर्ब ५३ करोड रुपैयाँको रेकर्ड ब्रेक गर्दै बजारले नयाँ रेकर्ड बनाएको हो ।

नेप्से सूचक निरन्तर रुपमा बढेको छ । यो अवधिमा सबै समूहका सूचकमा कम्पनीको मूल्य बढेको छ । बजारले नयाँ पैसा र नयाँ लगानीकर्ता भित्रने क्रमजारी छ । यो अवधिमा बजारले करेक्सन लिन मानेको छैन भने इन्ट्रा डे करेक्सन मात्रै देखिएको छ ।

निरन्तर रुपमा बजार बढ्दा आम लगानीकर्ताको मनोबल वृद्धि भएको छ । बजारमा संस्थागत लगानीकर्ताको उपस्थिती बलियाे हुँदा बजार रकेट गतिमा चल्न सम्भव भएको लगानीकर्ताहरुको बुझाई छ । विगतको उच्च विन्दुमा शेयर बेचेर बसेकाहरुले समेत पुनः बजार प्रवेश गर्दा बजार उत्साहित भएको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि बजार थप उत्साहित भएको हो । नीतिले बैंकहरुको कर्जा लगानी थप विस्तार गर्ने नीति लिएको छ । पूँजीबजारका संस्थागत लगानीकर्तालाई शेयर धितो कर्जामा सीमा खुला गरिँदा बजारमा सकारात्मक माहाेल बनेको हो । बजार यसरी रकेट गतिमा बढ्दा धेरै लगानीकर्तालाई कस्ता कम्पनीको शेयर खरिद गर्ने भन्ने द्विविधा भएको छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।