बाह्र बर्षमा खाेलाे फर्कियाे, जुलाई एकै महिनामा नेप्सेमा इतिहासकै ठूलो बृद्धि

Jul 31, 2024 05:45 PM Merolagani



जुलाई महिनामा नेप्सेमा इतिहासकै सबैभन्दा ठुलो बृद्धि देखिएको छ। नेप्से सूचक ३५.५३ प्रतिशतले बढेको छ जुन एक महिनामानै भएको यो बृद्धि इतिहसमै पहिलोपटक हो।

यसअघि २०१२ अप्रिल महिनामा नेप्से ३५.४१ प्रतिशतले बढेको थियो। अहिलो नेप्सेले एक महिनाको त्यो रेकर्डलाई तोड्दै एक महिनामा ३५.५३ प्रतिशतले बढेको छ। अन्य समयमा नेप्से यति धेरै बढेको रेकर्ड छैन। २०२० फेब्रुअरीमा २३ प्रतिशतले बढेको थियो भने नोभेम्बरमा २१ प्रतिशतले बढेको थियो।

सन् २०१२ मा एक महिनामानै ३५ प्रतिशतले बजार बढेपछि त्यस यता एक महिनाको अवधिमा यति धेरै बजार बढेको थिएन। अहिले १२ वर्षपछि एकै महिना बजारले यति ठुलो बृद्धि देखाएको हो।

पछिल्लो एक महिनादेखि शेयर बजार निरन्तर बढ्दो क्रममा छ। एक महिनाअघि २०३७ विन्दुमा रहेको नेप्से सूचक बुधबारसम्ममा बढेर २७६० विन्दुमा पुगेको छ। पछिल्लो समय दैनिक कारोबार रकमले समेत रेकर्ड बनाइ सकेको छ। नेप्से ३२०० विन्दु पुग्दाको कारोबार रकमलाई समेत पछि पार्दै बुधबार कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ। बुधबार २१ अर्ब ९१ करोड रुपैयाँको शेयर कारोबार भएकाे छ।

सरकार परिवर्तनसँगै शेयर बजार निरन्तर उकालो लाग्न थालेको हो। लगानीकर्ताले रुचाएका विष्णु पौडेल अर्थमन्त्री बनेपछि शेयर बजार निरन्तर बढ्दो क्रमामा छ। त्यसमा राष्ट्र बैंकले समेत शेयरबजारमैत्री मौद्रिक नीति ल्याउँदा शेयर बजारलाई बढ्न थप सहयोग पुगेको छ।

पछिल्लो समयको बढाइले नेप्से सूचकले एक महिनामानै झण्डै पुरानो उच्च विन्दुलाई चुम्न खोजेको देखिन्छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।