साइबर एट्याकले भारतका ३०० बैंकहरुको पेमेन्ट सिस्टम फेल

Aug 01, 2024 02:13 PM Merolagani



पछिल्लो समय माइक्रोसफ्टको सर्भरमा आएको एक खराबीका कारण विश्वभरका कयौँ बैंकदेखि शेयर बजारसम्म प्रभावित भएको थियो। त्यस्तै, अहिले भारतीय बैंकिङ्ग सिस्टममा ठूलो साइबर एट्याक भएको छ। जसका कारण त्यहाँका ३०० साना बैंकहरुका कामकाज प्रभावित भएको छ।

र्‍यानसमवेयर एट्याकका कारण सयौँ बैंकहरुको पेमेन्ट सिस्टम फेल भएको स्थानिय मिडियाले बताएको छ। रिपोर्टसका अनुसार सो साइबर एट्याक त्यस कम्पनीमा भएको थियो, जसले यी सबै साना बैंकहरुलाई प्राविधिक सेवा प्रदान गर्दछ।

इण्डिया टुडेमा प्रकाशित रोयटर्सको एक रिपोर्टका अनुसार, सी एज टेक्नोलोजिज कम्पनीमा र्‍यानसमवेयर एट्याक गरिएको थियो। सो कम्पनी भारतका धेरै साना बैंकहरुलाई प्राविधिक सेवा दिने गर्दछ। यस्तोमा सो कम्पनीमा भएको साइबर एट्यााकको प्रत्यक्ष असर सो संस्थासँग जोडिएका करिब ३०० बैंकहरुमा परेको हो। यद्यपि, सी एज टेक्नोलोजिजको तर्फबाट सो साइबर एट्याकको विषयमा कुनै टिप्पणी नआएको भारतीय मिडियाले लेखेको छ। सो विषयमा भारतीय रिजर्भ बैंकले पनि कुनै प्रतिवेदन जारी नगरेको मिडियाले बताएको छ।

यस एट्याकको विषयमा भारतको पेमेन्ट सिस्टमलाई नियमन गर्ने संस्था नेशनल पेमेन्ट कर्पोरेशन अफ इण्डियाले अस्थायी रुपमा सो कम्पनीको काममा रोक लगाएको छ। एक स्टेटमेन्ट जारी गर्दै कर्पोरेशनले अर्को आदेश नआउन्जेल रिटेल पेमेन्ट सिस्टमबाट अलग गरिएको बताएको छ।

कर्पोरेशनका अनुसार, सी एज टेक्नोलोजिजको सेवा प्रयोग गरिरहेका ग्राहकहरुले केही समयसम्म पेमेन्ट सिस्टम प्रयोग गर्नमा समस्याको सामना गर्नु परेको थियो। यसको व्यापक प्रभावलाई रोक्नका लागि ३०० साना बंकहरुलाई पेमेन्ट नेटवर्कबाट बाहिर राख्ने निर्णय गरेको छ।

भारतमा करिब १ हजार ५०० सहकारी र क्षेत्रीय बैंकहरुको ठूलो नेटवर्क छ जसले मूख्य रुपमा प्रमुख शहरबाट बाहिरका ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दछ। भारतीय मिडियाका अनुसार सो साइबल एट्याकमा प्रभावित भएका यी बैंकहरुको हिस्सा भारतको कुल पेमेन्ट सिस्टममा मात्र ०.५ प्रतिशत छ। सोही कारण सर्वसाधारणलाई धेरै समस्या देखिएन तर यसको केही समयसम्म पेमेन्ट सिस्टममा असर भने देख्न सकिन्छ। (अनुवादित)




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।