विमान दुर्घटनामा एक मात्र जिवित पाइलटको स्वास्थ्यमा सुधार, ८ दिनपछि अस्पतालबाट डिस्चार्ज हुँदै

Aug 01, 2024 02:47 PM Merolagani



सौर्य एयरलाइन्सकाे विमान दुर्घटनामा एक मात्र जिवित पाइलटको स्वास्थ्यमा सुधार देखिएको छ । दुर्घटनामा घाइते भएर उद्धार गरिएका पाइलट मनिष शाक्य ८ दिनपछि अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।

साउन ९ गते, बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएपछि शाक्यलाई प्रहरीले उद्धार गरेर सिनामंगलकाे शिक्षण अस्पताल लगिएको थियो । त्यसयता, उपचारपछि अवस्था सामान्य भएकाे भन्दै अस्पतालले उनलाई आज डिस्चार्ज दिएकाे हाे ।

अस्पतालकी निर्देशक डा. मिना थापाका अनुसार क्याप्टेन शाक्यको स्वास्थ्यमा सुधार आइरहेको छ । थापाले भनिन्, "उहाँलाई छिट्टै डिस्चार्ज गर्ने तयारी गरिरहेका छौँ । घरमा पनि उहाँको उपचारलाई निरन्तरता दिन्छौँ । अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था छैन ।’

उनले थपिन्, 'उपचार त उहाँको जारी रहन्छ । तर, अस्पतालमै राखिरहनुपर्ने अवस्था छैन । घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिन सक्नुहुन्छ । तर तत्कालै काममा फर्किन सक्ने अवस्था भने छैन ।'

यद्धपी दुर्घटनाका विषयमा भने क्याप्टेन शाक्यले मुख नखाेल्ने भएका छन्। डा. थापाले पनि क्याप्टेनसँग यस बारेमा धेरै कुरा नगरेको बताएकी छिन् । 

खासगरी, बिहीबार अस्पतालले क्याप्टेन शाक्य र पत्रकारहरूकाे भेटघाट गर्ने तयारी रहेकाे भएतापनि नागरिक उड्डयन प्राधिकरणकाे निर्देशनमा उक्त कार्यक्रम रद्ध गरिएकाे छ । दुर्घटनाको विषयमा छानबिन समिति बनेकाे छ र उक्त समितिको प्रतिवेदन नआएसम्म  प्राधिकरणले शाक्यलाई बोल्न रोक लगाएको हो ।

सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा विमानमा सवार चालकदलका सदस्यसहित १९ मध्ये १८ जनाको मृत्यु भएको थियो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।