एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुको प्रतिफल घोषणा

Aug 01, 2024 03:53 PM Merolagani



एनआईसी एशिया क्यापिटल लिमिटेड(NICCL)ले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरु योजनाहरुको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।

एनआईसी एशिया क्यापिटलको आर्थिक वर्ष २०८०/०८१ का लागि साउन १६ गते, बुधबार दिनको ४ बजे क्यापिटलको कार्यालय थापाथली, काठमाण्डौमा बसेको संचालक समितिको १४३औं बैठकले प्रतिफल वितरण गर्ने निर्णय गरेकाे हाे ।

क्रं.सं.        योजनाको नाम  योजनाको                   किसिम      घोषणा गरेको       प्रतिफल दर     जम्मा प्रतिफल         रकम (रु)         कैफियत
१.  एन आई सी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड)      बन्दमुखी        १४.००%       १७५,०००,०००.००
२.  एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड       बन्दमुखी          १०.५०%          १०७,१००,०००.००
३. एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड        खुलामुखी          १०.००%                        कर सहित
४. एन आई सी एशिया ग्रोथ फण्ड       बन्दमुखी          ९.५०%        ७९,३४४,०००.००  
५. एन आई सी एशिया ब्यालेन्सड् फण्ड       बन्दमुखी           ९.२५%         ६९,८३७,५००.००  

 

एनआईसी एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत, चाैथो वर्ष १३ प्रतिशत, पाँचौं वर्ष १०.५० प्रतिशत तथा छैटौं वर्ष अर्थात आ.व. २०८०/८१ को लागि घोषणा गरेको ९.५० प्रतिशत सहित हालसम्म ८५ प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको छ ।

एनआईसी एशिया ब्यालेन्सड् फण्डले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत, तेश्रो वर्ष १३ प्रतिशत, चौंथो वर्ष १० प्रतिशत तथा पाँचौं वर्ष अर्थात आ.व. २०८०/८१ को लागि घोषणा गरेको ९.२५ प्रतिशत सहित हालसम्म ७०.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ । पहिलो खुलामुखी योजना एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड संचालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोश्रो वर्ष ६ प्रतिशत, तेश्रो वर्ष १० प्रतिशत तथा चौंथो वर्ष अर्थात आ.व. २०८०/८१ को लागि घोषणा गरेको १० प्रतिशत सहित हालसम्म ३६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरु मध्ये सुरक्षित अर्थात न्यून जोखिम र नियमित रुपमा प्रतिफल वितरण गर्न सक्ने पहिलो खुलामुखी योजना “एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड” अन्तर्गत Systematic Investment Plan (SIP) तथा Systematic Withdrawal Plan (SWP) योजनाहरु समेत संचालन गरिरहेको र उक्त योजनामा अनलाईन मार्फत सहज रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको छ ।




comments powered by Disqus