Fri, Sep 19, 2025
अब पीसीएल नर्सिङ पढ्न कक्षा १२ पास गर्नुपर्ने भएकाे छ । यसअघि, कक्षा १० उत्तिर्ण गरेकाले नर्सिङ अध्ययन गर्न पाउने व्यवस्था रहेकाे थियाे । तर, अब भने चिकित्सा शिक्षा आयोगले १२ कक्षा उत्तिर्ण गरेकाले पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो।
चिकित्सा शिक्षा आयोगले यस विषयमा निर्णय गरिसकेको छ । अब छिट्टै नै यस सम्बन्धमा सीटीइभीटीलाई पत्राचार गरिने भएकाे छ। संसद्को शिक्षा समितिको बैठकमा बोल्दै आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले विश्वका अन्य देशमा कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने मापदण्ड रहेको बताउँदै नेपालमा पनि अब याे व्यवस्था लागू हुने जानकारी दिएका हुन् । १६ वर्षकै उमेरमा नर्सिङ पढ्न पाउनु गम्भीर विषय भएकाे बताउँदै उनले नेपालमा भने कक्षा १० पढेपछि नै पीसीएल नर्सिङ पढ्न पाउने गरेको तर्क गरे।
चिकित्सा शिक्षा आयोगले यस विषयमा निर्णय गरिसकेको छ । अब छिट्टै नै यस सम्बन्धमा सीटीइभीटीलाई पत्राचार गरिने भएकाे छ।
संसद्को शिक्षा समितिको बैठकमा बोल्दै आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले विश्वका अन्य देशमा कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने मापदण्ड रहेको बताउँदै नेपालमा पनि अब याे व्यवस्था लागू हुने जानकारी दिएका हुन् ।
१६ वर्षकै उमेरमा नर्सिङ पढ्न पाउनु गम्भीर विषय भएकाे बताउँदै उनले नेपालमा भने कक्षा १० पढेपछि नै पीसीएल नर्सिङ पढ्न पाउने गरेको तर्क गरे।
गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।