ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्¥याम्ब्लर ४०० एक्स मोडेल सार्वजनिक, यस्ताे छ बजार मूल्य

Aug 27, 2024 08:13 PM Merolagani



गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्¥याम्ब्लर ४०० एक्स मोडेलहरु सार्वजनिक गरेको छ । बेलायती विरासतको प्रतिनिधित्व गर्ने ट्रायम्फका यी मोटरसाइकलले नेपाली बजारमा असाधारण गुणस्तर र पर्फमेन्स पनि भित्राएकाे कम्पनीले जनाएकाे छ।

यी मोटरसाइकलहरुले नेपाली बजारमा पर्फर्मेन्स, सुरक्षा, र डिजाइनको पूर्ण सन्तुलन प्रदान गर्दै मिड–साइज मोटरसाईकल सेगमेन्टलाई पुनःपरिभाषित गर्ने लक्ष्य कम्पनीले राखेकाे छ ।

ट्रायम्फ स्पीड ४००

शहरी क्षेत्रको लागि डिजाइन गरिएको ट्रायम्फ स्पीड ४०० मा ४०० सिसिको टिआर–सिरीज इन्जिन, ६–स्पीड गियरबक्स, स्लिप–असिस्ट क्लच र हलुका फ्रेमसहितको एल्युमिनियम स्विङ आर्म समावेश रहेको छ । यसमा ४३ मिलिमिटरको अपसाइड–डाउन फोक्र्स, प्री–लोड एड्जस्टेबल रियर मोनोशक, र १७–इन्चको एल्युमिनियम ह्वील प्रदान गरिएको छ । साथै ग्राहकले राइड–बाइ–वायर थ्रोटल, स्विचेबल ट्र्याक्सन कन्ट्रोल, एबीएस, एलईडी लाइटिङ र थप सुरक्षाको लागि इम्मोबिलाइजरको सुविधा पनि प्राप्त गर्नेछन् ।

ट्रायम्फ स्क्¥याम्ब्लर ४०० एक्स

ट्रायम्फ स्क्¥याम्ब्लर ४०० एक्सको आकर्षक लुक्स, १९–इन्चको फ्रन्ट ह्वील, र १७–इन्चको रियर ह्वील, हाइ ग्राउन्ड क्लियरेन्स र मजबुत क्षमताले राइडरको साहसिक यात्रालाई नयाँ उचाइमा पु¥याउनेछ । स्क्¥याम्ब्लर ४०० एक्समा ४३ मिलिमिटरको पिस्टन फोक्र्स, एड्जस्टेबल रियर मोनोशक र अफ–रोड कन्ट्रोलका लागि डेडिकेटेड स्क्¥याम्ब्लर एर्गोनोमिक्स सहितको प्रिमियम सस्पेन्सन समावेश रहेको छ । साथै स्विचेबल बुस्च एबीएस, एलईडी लाइटिङ, ह्याण्डगार्ड र एक्सट्रिम अफरोडका लागि थप सुरक्षा प्रदान गरिएको छ ।

यस्ताे छ मूल्य

भदौ ११ देखि भदौ १६ सम्म नाडा अटो शोमा यी मोटरसाइकलहरु बुकिङ गर्ने ग्राहकहरुलाई ट्रायम्फ स्पीड ४०० विशेष मूल्य ६ लाख ३९ हजार ९०० रूपैयाँमा र ट्रायम्फ स्क्¥याम्ब्लर ४०० एक्स विशेष मूल्य ६ लाख ८९ हजार ९०० रूपैयाँमा प्रदान गरिने कम्पनीले जनाएको छ । विस्तृत जानकारीको लागि भृकुटीमण्डपमा जारी नाडा अटो सोको स्टल नं. एम १२ मा एवम् कम्पनीको आधिकारिक सामाजिक सञ्जालमा सम्पर्क गर्न सकिने कम्पनीकाे भनाइ छ ।

नाडा अटो शोमा बजाजले “एक्सप्रेस योर सेल्फ” नामको अन्तरक्रियात्मक थिम पनि सन्चालन गरीरहेको छ । यस अन्तर्गत शोमा आउने अतिथिहरूलाई आफ्नो सिर्जनशीलता र व्यक्तिगत पहिचान प्रस्तुत गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । यसका लागि बजाजको स्टल एम १२ मा छुट्टै स्पेसको व्यवस्था गरिएको छ जहाँ सहभागीहरूले स्प्रे पेन्ट प्रयोग गरेर खाली क्यानभासमा वा मोटरसाइकलमा नै आफ्नो कलात्मक प्रतिभा देखाउन सक्नेछन् । यस्ता अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेर बजाजले आफ्ना उत्पादनहरू प्रदर्शन गर्नुका साथै आफ्ना उपभोक्ताहरूसँग आत्मीयता बढाउने वातावरण पनि सिर्जना गरिरहेको छ ।




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।